मेरो मनमा बस्ने खोज्ने दुनियाँको दाउ छ धेरै जो आए नि बस्न दिन्छु बस्नलाई ठाउँ छ धेरै हावा संगै उडेको थ्यो कहाँ पुग्यो सिमल भुवाँ गन्तब्यमा जालो भेटे उस्ले दु:ख पाउछ धेरै चलेकै छ जिन्दगी यो सिस्नु डौठे निगुरो खाइ सत्य बुझ्ने तर्की जाला नबुझ्ने चै धाउछ धेरै सुकाएर हुर्कायौ कि खुवाएर दुधको धारा तिर्न कैल्यै सक्दिन म आमा तिम्रो साउँ छ धेरै नसोधे कै निको होला के छ भनी जीवन संग बल'बुद्धि'धन बाहेक बल्झी दुख्ने घाउ छ धेरै
No comments:
Post a Comment