Wednesday, April 6, 2011

"गाउँ मै आउनु कान्छा!"

पराइ किन हुन्छौ, गाउँ मै आउनु कान्छा!
खेत बारी सुसेलीले, मायाँ लाउनु कान्छा !!

तड्पीएछ रात पनि, सम्झनाले गाउ मै!
एतै आइ सधैं मेरो, छायाँ पाउनु कान्छा !!

दाउरिएको त्यो ठिटोले, डिस्को छिरि दिदा
बिर्सें पनि गाउघर, सेलो श्लोक गाउनु कान्छा!!

थाङ्ने न्यानो मिठो कान्छी, भन्यौ तिमीले सम्झी
कान्छी सगै रात् बिताइ, जीवन् साउनु कान्छा !!

"बुद्धि" चाडै फर्कियोस, गाउँमा  तिमी आउने
नपरोस् मैले फेरि, अर्कै खेती धाउनु कान्छा !!

----जीवनको "अघोषित योद्धा"-------
बुद्धि मोक्तान,
ताप्लेजुङ
दक्षिण कोरिया

1 comment:

  1. राम्रो छ भाई , यसरी प्रतिभाको प्रस्फुटन हुदै जाओस। शुभकामना !

    ReplyDelete