Saturday, April 30, 2011

उठौ है मजदुर साथी!

उठौ है मजदुर साथी! पूर्वमा बिहानी भै सक्यो
श्रम र पसिना खाने, ठालुको, दिन अब गैं सक्यो

मजदुर जुटे के हुन्न र सागर  पनि सुक्छ

हाम्रो मुक्ती एकै स्वारमा साहु मालिक झुक्छ

उठौ है मजदुर दिदी!पछ्याउरा पुरानो भैसक्यो

मुक्ति र परिश्रम पाउने ,मजदुरको ,नयाँ दिन आइसक्यो

कलकारखाना उधोगधन्दा मजदुरले नै चल्छ

हात बाँधी हामी बसे कस्को चुल्हो बल्छ ?

जागौ न  मजदुर दाइ ! बस्तीमा बिहानी भैसक्यो

श्रम र पसिना खाने ,ठगको, दिन अब गैसक्यो

पानी मात्र पिउदै पिउदै काम गर्ने हामी

श्रम बेची अर्कै लाई थैली भर्ने हामी

उठौ है दिदी र बहिनि!पसिना अर्कैले खाइसक्यो

मजदुर मुक्तीको दिनले, बस्तिमा ,बिहानी ल्याइ सक्यो

उठौ है मजदुर साथी! पूर्वमा बिहानी भै सक्यो

श्रम र पसिना खाने ,ठालुको दिन अब गैं सक्यो

["Safty at the frist then only the work" ]

[HAPPY LABOUR'S DAY!!]

2011/05/01

1 comment: