अनुप्रस्थ या अनुदैध्य
कस्तो तरङ्गबाट
सुरु गरुँ आजका
यी रङ्गीन होली हरु .....
नागबेली चुल्ठी छ
रसबरी जवानी
बिना खोटको अधर
कोकिल झै स्वर
के मेरो बैंशको बारुली कम्बरले
अलिकती पनि लोभ्याएन.....?
होली त बहाना मात्र पो
मैले त चोलीको चाहेको छु
होली त बहाना मात्रा पो
मैले त डोली चाहेको छु
होली त बहाना मात्रा पो
मैले त भात खरुवा ,लोकन्दे
अनी
हो यस्तो यस्तै
जन्ती र टोली चाहेको छु
आउ
मेरा बैशले उत्माद हर्थुङ्गो मुसार
सप्तरङ्गी
रङ्गले
उमङ्गले
भरपुर परिपक्क
ढङ्गले
भिजाउ
निथ्रुक्क
तान ,हान
हल्लाउ, चलाउ
तिम्रो औकातले थेग्ने गरी
सबैले देख्ने गरी
तब मेरा
निथ्रुक्क भिजेका
पुष्ट नितम युक्क चौबन्दी
होलीको बहानाले एकान्तमा
तिम्रो सामु फुक्न पाउँ
महिनौ महिना छ्याप्पै साया र फरिया हो
तिम्रो रेखाको परिधीमा सुक्न पाउँ
के तिमी फागुको रङ्गिन मैदानमा खेल्दा
म क्षितिज नियाली कौसीमा बसुँ
या तिमी पुर्णिमाले जाज्वल्यमान हुँदा
म अध्यारो औसीमा बसुँ ?
छरी देउ बहाना ! होलीको
बैजनी र केसरी हैन
मन्यतायुक्क्त सिन्दुरको
खोलेकी छु नाग्बेली चुल्ठी
स्विकार अभीष्ट चाहना
अनुरक्त छु
बहुपासामा स्वर्णिम
जीवन्त भोलीको !
बुद्धि मोक्तान
दक्षिण कोरिया
This comment has been removed by the author.
ReplyDeleteNice Blog.... Great collection of Nepali Ghazals, Poems, Lyrics and other literary stuff.... keep visiting GlamourTube.Blogspot.com .... :)
ReplyDeletethx !!i will visit that which you given
ReplyDelete