Sunday, January 30, 2011

"मुर्ती उस्तै छ"

मेरो देशको मान्छे र मुर्ती उस्तै छ
छुनै दिन्न पूजारीको फुर्ती उस्तै छ ।

निरपेक्ष राष्ट्र भो, भन्नु मात्र न हो

धरै दलको धरै बल घुर्की उस्तै छ ।

हुँदै हुन्न देउता, भित्र पस्नै पर्ने

बाटो छेक्ने पाखुरीको सुर्की उस्तै छ ।

भने पुग्यो धर्म सबै, स्वतन्त्रता भो

पच्नै गाह्रो फलाम चिनी छुर्पी उस्तै छ ।

हेर मन्दिर लुछाचुडी,फैलियो नि धुवा

धुप जली बहने त्यो सुर्ती उस्तै छ ।
- बुद्धी मोक्तान,
ताप्लेजुङ
दक्षिण कोरिया

No comments:

Post a Comment