Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

Thursday, April 23, 2015

कतै चेरी फुल्यो


कतै तोरी फुल्यो होला कतै चेरी फुल्यो
मेरो भने वैश आउन कहाँ बाटो भुल्यो



Tuesday, March 10, 2015

आँधी संगै बाढी पस्यो

आँधी संगै बाढी पस्यो भाग्यको यो टहरामा साथ छुट्यो चुरी फुट्यो के गाउ गीत छहरामा संगै यात्री भई हाम्ले पाएनौ नि क्षितिज चुम्न आएछौ नि प्राण प्रिये यो धर्तीमा एकछिन घुम्न चौतारी थ्यो जिन्दगीको वर ढल्यो छाडी पिपल सिउदो पुछी एना हेर्दा हुन्न कैल्यै यो मन सितल दुइटा मुटु एउटै हुँदा साँची थिए ध्रुब तारा किन लग्यौ छुट्टाएर भन दैव मेरै प्यारा बिसाउ कता मनको भारी विलौनाको रोकी बाढी संगाल्ने छु अमर प्रित नफाटुन यी चोली साडी
हृदयको ढोका फोडी कहाँ उढ्यो मनको चरी आफ्नो भन्ने हुन्न रैछ खसेपछि आँसु धरी

ज्योती मागेँ आँखा संग

ज्योती मागेँ आँखा संग आँसु बग्ने खोला दियो
गुनासो छ दैव संग किन बित्ने चोला दियो एकछिन आएँ यो धर्तीमा,धर्ती मेरो बगैचा भो फूल चुम्दा माया खोजेँ,माया मेरो फलैचा भो माया सोध्छु जीवनसंग जीवन सोध्छु मायासंग बेखबरमा जिस्किएछु आफ्नै भुइको छाया संग मेरो आयु भन मुटु ! धड्किरहन्छ बताउदैन शीतकै मोती माया भन्छु ,तरेलीले पत्याउदैन बिलाई जाने शीत जस्तै दैवले यो जूनी दियो बाँच्दा केही नभए नि मर्दा यस्ले धुनी दियो

तिरमिर भयो आँखाको

केटा: तिरमिर भयो आँखाको ज्योति बैशको रङ्गले मन पनि तान्यो सुटुक्कै उतै चन्चले ढ्ङ्गले केटी: बैशको लाली सिंङगार भो त्यसै हिमाली कुपले हुर्केको अंङ्ग छ रंङ्गमा रंङ्ग छ के भो त रुपले

Sunday, January 4, 2015

गीत -म जोगी होइन

म जोगी होइन प्रेमको,न फेरी लाउँछु न सिधा लिन्छु
माग्दिन हात थापेर माया, बुझेर कसैले दिदा लिन्छु

निश्चल निर्दोष सागर पनि सुकेर गए बगर हुन्छ
बगर झै उदास जिन्दगी यो झन बित्यो झन बाँच्ने रहर हुन्छ
रहर मार्ने र् जवानी  माग्ने न शिकारी हुँँ न म भिखारी हुँ
चढिन तयारी मन्दिरमा फूल,म पनि प्रेमको पूजारी हुँ

गगनका तारा झै अटल माया अन्जुली थापी जून राख्छु
बयेली देख्दा उदाउने याद ,संगाली फेरी रुन राख्छु
छातीको चिरा धर्तीकै संम्झे,कुनै हात उक्सिन भासिदा लिन्छु
गुनासो केही हुन्न नपाए साथ,म हाँसी हाँसी बिदा लिन्छु ।

म जोगी होइन प्रेमको,न फेरी लाउँछु न सिधा लिन्छु
माग्दिन हात थापेर माया, बुझेर कसैले दिदा लिन्छु

Saturday, October 4, 2014

बोकेर झोला, म हिंड्ने बेला


बोकेर झोला, म हिंड्ने बेला,किन रोयो मेरो गाउँ ..
खसाइ आँसु, ती पखेराले , किन लियो मेरो नाउँ ...

Wednesday, January 8, 2014

झुल्किएन घाम कहिल्यै

गीत 

झुल्किएन घाम कहिल्यै, जिन्दगीको पाटातिर 
काँडा देख्छु पाइलै पिच्छे,आफू हिंड्ने बाटातिर 

Wednesday, October 23, 2013

दृष्य मागेँ आँखासंग

दृष्य मागेँ आँखासंग आँसु बग्ने खोला दियो
गुनासो छ दैव संगै किन बित्ने चोला दियो

Friday, August 23, 2013

- छाडी जाने प्रीत रै छ

छाडी जाने प्रीत रै छ, कसेको थ्यो करेलीमा ।
बग्न दिए सुक्थ्यो आँसु,रोक भन्यो परेलीमा ।

Sunday, August 18, 2013

ठीकै देखेँ सपना नि

ठीकै  देखेँ सपना नि चादनी यो रातै भरी ...
प्रभातैमा साइत जुर्‍यो जन्ती हुल छन् बाटै भरी ..

कत्ती रोएँ कती हाँसे जिन्दगी यो चिन्न लाई
चिन्दा चिन्दै साथ मिल्यो काँडा माथि हिन्नलाई
हिंडेकै हो हिजो सम्म पीडा बोकी आँतै भरी ...
कमल फूल्यो आज मेरो दाँया बाँया हातै भरी..

शान्त भयो आत अब खोला नाला सुसाउँदा
ढुकुर जोडी आरिस गर्छ प्रित यहाँ टुसाउँदा
उषा हाँस्दा शीतको मोती जम्यो प्रितको पातै भरी..
सपना नि बिपना भो जन्ती हुल छन् बाटै भरी ..

ठीकै  देखेँ सपना नि चादनी यो रातै भरी ..
प्रभातैमा साइत जुर्‍यो जन्ती हुल छन् बाटै भरी ..

तिमीलाई म /भनेर जान्छु


गीत
(गुरु पूर्णिमाको दिन सबै गुरुहरुमा समर्पित )

तिमीलाई म /भनेर जान्छु
फर्केर फेरी /आउँदिन होला,
लाग्न त लाग्ला/ गगनमा चाँद
फेरी म तिमीमा /छाउँदिन होला
तिमीलाई म भनेर जान्छु.....

Sunday, March 24, 2013

गीत, नछुटौँ है भन्दा भन्दै

नछुटौँ है भन्दा भन्दै, पराइ हामी भयौ होला.
तक्दीर मै यस्तो भइ, फरक बाटो गयौ होला.

Tuesday, March 12, 2013

निस्चल बस एकै छिन




निस्चल बस एकै छिन, नजर रोकी हेर्छु ।
बेगवान पल को पनि , प्रहर रोकी हेर्छु ।

बिर्सुँ माया भने पनि सम्झनाले छाती दुख्छ ।


बिर्सुँ माया भने पनि सम्झनाले छाती दुख्छ ।
जहाँ दुख्यो त्यही छोयो झनै माथी माथी दुख्छ ।

तोक्मा बजारमा



लोक गीत !
"तोक्मा बजारमा" [बुद्धि मोक्तान ]

कुम्भकर्ण हिउँ पग्ल्यो सलल
पाथिभरा देबिथान झलल
तोक्मा बजारमा....
छानेको तिमी एक, लाखौं हजारमा....

Sunday, February 24, 2013

तिमीले मात्रै त नगन तारा

तिमीले मात्रै त नगन तारा, समय म पनि गन्दैछु प्रिया!
प्रतिक्षा सकेर मिलन होस,मनमनै सधैं नै भन्दैछु प्रिया!

Monday, June 18, 2012

साकुरामा आउ

गाउँ बेशी फूल्दै फूल्दै टाकुरामा आउ 
चेरी पैयु सुनाखरी साकुरामा आउ 

Monday, March 19, 2012

नदेख्दै कसैलाई बोलाउँन सक्छु .


नदेख्दै कसैलाई बोलाउँन सक्छु ...
सम्झेर एक्लै म, टोलाउँन सक्छु ...
नझस्काउ मलाई त्यो पल भर 
तड्पेर आँफै म, सेलाउँन सक्छु.....