Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Tuesday, March 10, 2015

बिज्ञापन

"हाउ कान्छा दाई !!हाउ कान्छा दाई लु यता हेरिदिनु नि हाउ !"
पारी गाउँको भैरे, हातमा माघे संङ्क्रातिको तरुल र चाकु बोकेर हतार हतार म तिर दौडदै आयो ।
मैले पषे माघे सिरेटो छल्न मुख छोपेको गाम्चा हटाउदै भने,
--"किन घाटी फुलाएको नि भैरे ? के भयो ?"

Saturday, July 9, 2011

आमा ,म र फेसबुक -७

"दिदी अब त नरुनु है!" आमाले चलाइराख्नु भएको मुसा तान्दै मैले माथिल्लोघरे दिदीलाइ, वहाँ बस्नु भएको चकटीतिर फर्केर भने ।
"म रोएको होईन नी गोरे भाइ! अनी नरोउ भन्दा पनि, भित्र पोली रहन्छ " माथिल्लो घरे दिदीले फुकेको चोलीको तुना बान्दै छातीमा हत्केला राख्नु भयो । मानौ वहाँको भित्र पोली रहेको छ

Friday, July 1, 2011

आमा ,म र फेसबुक -६

"ल यो खाउ अनी छिटो तयार गर है तिम्रो फेसबुकको ओछ्यान,तिमी त ढिला पो छौ नी फेरि  !" आमाले मलाइ पोलेको दुई वाटा आलु मेरो फेसबुक नजिकै राखी दिदै फेस्बुकका पानाहरु अली चाडो तयार गरोस् भन्ने मनासायले भन्नु भयो ।
"किन हजुरलाई हतार?, फेरि मेरो फेसबुकको ओछ्यान मैले जति बेला पल्टाउ कि, लगाउ हजुर लाई त त्यति चासो हुनु नपर्ने हो त ? " आलु मुखमा हालेर आमा पट्टि फर्केर मैले भने। आमा अली नजिक आउनु भयो ।मेरो धुनु बाँकी फुस्रो अनुहार मुसारी दिनु भयो र भन्नु भयो ,"मैले फ्रेण्ड रिक्वेस्ट पठाको छु क्या बाबु !" तर तिम्रो जस्तो भिता तिर रातो डल्ल पिलिक्क पिलिक्क गरेर

Tuesday, June 21, 2011

आमा ,म र फेस्बुक -५



"लु भएन। यसले त कता बाट निकाल्थ्यो! निकाल्थ्यो।  कति कोसिस गर्छु ........मरे निस्के पो !"मैले मेरो फेसबुकको ओछ्यान बाट मधुरो आमाको बोली सुने । म निदरी मै थे यो बेला सम्म । बिस्तारै आँखा खोल्दा आमा सकी नसकी मुसाको चुच्चो फेस्बुकको भिता चलाउदै हुनुहुन्थियो ।
"के गर्नु भाको हजुरले?" आमा पट्टी फर्केर बोले
"के गर्नु नी ! नकराउ तिमी ,मैले तिम्रो फेस्बुकको टाउको चलाएकै छैन । तिम्रो कति कमेण्ट ,टयाग अनी के के हो के के कति आएका छन। म त तिमी निदाएको मौकामा अस्तीको के त सुरिलो नाक र लामो कानको लोती भएको नानी को फोटो हेरुम भनेको तिमी त उठी हाल्यौ "आमाले मुसा म पटी हुर्याउदै भन्नु भयो ।

Sunday, June 5, 2011

आमा ,म र फेसबुक भाग -४




" उ तेरो फेसबुकको टाउकोमा रातो बाँधेर थुप्रै कमरेड हरु आयो "
आमाले फेसबुकको थुप्रै राता डल्लाहरु देखाउदै भन्नु भयो । आज म निकै तल्लिन भएर हो की किन हो, मेरो फेसबुकको ओछयान सम्म आमा आउनु भएको पनि थाहा पाइन। हुनु सक्छ आमा अनी सुस्त सुस्त पो आउनु भयो की!, जे भए पनि आमासग को फेसबुक बेग्लै मज्जा अनी फेसबुकको ओछ्यान, त्यो पनि आमा कै काखमा ।
म निकै प्रफुलित छु ।  
"कमरेड होईन क्या आमा !कमेन्ट कमेन्ट" 'कमेन्ट भन्नुहोस त एक पल्ट' मैले मुसा हल्लाएर तिखो चुच्चो आमाले भन्नु भएको राता डल्लातिर पुरयाए।
"कमरेड भने पनि कमेन्ट भने पनि आमाले कुरा बुझे भएन तिमिलाइ ?,बरु छिटो हेर न .....  के लेखेछ कस्ले !"
'ल! यो त कमेन्ट होईन रहेछ हौ आमा!,यो त ट्याग पो रहेछ-' म मुसालाई सहि तवरमा हल्लाउदै बोल्छु ।
"ट्वाक भनेको त थाहा थियो कान्छा !,फेरि अर्को कुरा बोल्यो यसले के हो नी ट्याग चाँही?"
"हजुर पहीले भन्नु होस् त ट्वाक चाँही के हो नी ?" प्रति प्रश्न गरे आमालाइ।
"नाथे !हिजो माथिल्लो घर कान्छीको फ्रेण्ड रिक्वेस्ट्मा मैले तिन्पानेको चार ट्वाक लगाएको होईन ? त्यहि हो मैले बुझेको ट्वाक बाबु !" आमाले मलाइ धाप मार्दै भन्नु भयो। म छक्क परे तर के गर्नु आमाको बुझाईको ट्वाक र मेरो फेसबुकको ट्याग बिल्कुलै फरक थियो। आमाको बुझाईलाई मैले इन्कार गर्नु पटकै मिल्दैन फेरि  स्वीकार गर्नु पनि त्यतिकै गार्हो छ । म नबोली फेसबुककै पानाहरु पल्टाइ रहे । यति बेला सम्ममा पारी भैरेले थुप्रै मेसेजहरु पठाइ सकेको थियो । राता डल्लाहरु लहरै देखिन्दैथिए । आमाले फेरि ती डल्लाहरु देखेर कमरेडहरु आयो भन्नु हुन्छ भन्ने पिरले मैले हतार हतार मुसा चलाए अनी आमा पट्टी हेरे। आमा त पर भान्छाघरमा पो तरकरी केल्लाउदै हुनुहुन्थ्यो ।
      अब अली काम गरिहाल्नु पर्‍यो आमा पनि जानु भएछ भन्दै म कागजको एक टुक्रा अनी कलम र मेरो फेसबुकको ओछ्यानलाई रफतारमा लाने निर्णय गरे।
म कहीले अक्षर मात्रा गणना गर्छु ,कहीले मेटाउछु ,फेरी लेख्छु ,आफनै भाकामा ,लयमा गाउछु ,निकै हतार छ ,निकै जोस छ जागर अनी निद्रा पनि................
फेरि आमा टुपुलुक्क आइपुग्नु भयो ।
"के गर्दै छौ नी अहिले चाँही ?" आमा बोलि हाल्नु भयो ।
"आमा ! म  घायलको तरही मुसयरा को लागि गजल लेख्दैछु " -मैले जे गर्दै थिए त्यहि बताइ दिए ।
" पायल भन्ने चाँही जानेकै सुनेकै थिए फेरि यसले घायल भनेर मलाई त पागल पो बनायो ,घायलको कुरा होईन के बाबु ! पायलको कुरा गर न अस्ति को लामो नाक भएको नानी के त " आमाले अस्ति कै केटी साथिको कुरा कोट्याइन ।
"आज पायलको कुरा होईन आमा! यहाँ आज घायलकै कुरा हुन्छ त्यो पनि 'तरही मुसायरा' बुझ्नु भयो त हजुर ले ?" मैले अली हतारमा ,अली चर्को र प्रस्ट सब्दमा आमालाई बताए । "तरहरा भन्ने चाँही धरानको छेउ इटहरी नजिकमा  पर्छ  भन्ने था थियो अनी इसारा पनि थाहा थियो तर तिम्रो तरही मुसायरा भने मलाई कहिल्यै पनि थाहा छैन् " आमा मुख बटार्दै उता फर्किनु भयो।
"ल ल आमा हजुरले जानेकै इसाराको अर्थ सुनुम् न त के रहेछ " मैले आमालाई आफू पट्टि फर्किने आग्रहका साथ भने । "ए इसारा ,ल हेर है त ,आमा कसैलाई आफू तिर आओस भन्ने सङ्केत गर्दै ,
"इसाराले बोलाउनु पर्दैन ,माया भए डराउनु पर्दैन "
गीतको टुक्रा सुनाउनु भयो ।"हो आमा हजुरलाई इसारा भन्ने अर्थ थाहा छ अनी गीतको एक टुक्रा पनि यसरी नै कसैले /कसैको  कुनै गजलको एक टुक्रामा गजल लेखेर पूर्ण गजल बनाउने लाई चाँही गजलको पाटोमा तरही मुसायरा भन्छ के त आमा !" मैले इतिब्रितान्त बताउने कोसिस गरे ।आमाले सबै कुरा को कुनै हेक्का राख्नु भएन तर गजल गीत् हो अनी मैले गीत् लेख्दैछु भन्ने चाँही  बुझ्नु भएछ ।"लु त्यसो भए तिमिले लेखेको गजल पनि सुनाउ त मैले जस्तै " आमाको गजल सुन्ने आग्रह गर्नु भयो । म तत्कालै त्यो आग्रह  पुरा गर्नु पट्टि लागे ।

"नयनका सयौ प्याला सुकाएर रुन्न आमा !
पाखा हासो भित्र पीडा लुकाएर रुन्न आमा !"
आमा मेरो नजिक अझै नजिक आउनु भयो ,फेरि भन त कान्छा !वहाँले फेरि सुन्ने आग्रह गर्नु भयो । आमाको आतले मागेको सुनाइ मैले दिनु छोराको कर्तब्य नै हो । अर्को एक सेर थपेर वाचन गरे :-
" 
नयनका सयौ प्याला सुकाएर रुन्न आमा !"
"पाखा हासो भित्र पीडा लुकाएर रुन्न आमा !"

"यो छोराको बाचा सम्झ जीत लान्छु धरै माथी
प्रतिष्ठाको तिम्रो शान थुकाएर रुन्न आमा "
आमाले बिस्तारै मलाइ अङ्गालो हाल्नु भयो , केश सुम्सुम्याउनु भयो । नाक छाम्नु भयो । फेसबुकले निन्याउरो मेरो गालामा ममता र स्नेहका करोडौ करोड मायाहरु बर्साउनु भयो । अनी निकै साहस बटुलेर मलिन र भाबुक स्वरले "मेरो कान्छा !सपनाको सपुत ,आस्थाको धरोहरा,मेरो जीवनको आधरशिला"भन्दै एक ढिक्का प्याला मेरो गजलको खेस्रा माथी तप्प पार्नु भयो । मैले आमाको प्याला नछोइ त्यो पाना सुरक्षित राखे । यति बेला सम्म मा रातो १२:१२ कटि सकेको थियो "आमा !त्यहा पारी भैरेले मेसेज अनी कमेन्ट पठाउछ हजुर हेर्नु होस् है "मैले यसो भन्दा आमा फेसबुक मै टोलाउदै हुनुहुन्थियो । म ढल्केर आमाको हात सिरमा राख्दै धरै दिनको फेसबुक हिडाइले फुस्सै भएछु । क्रमस ....


आमा ,म र फेसबुक -३

      "ला यो खा ! झन्डै दुध डडेछ ,उम्लेर त कति गयो कति !! यहि भएर पनि हेर्दैन ,हो यस्तै भएर मैले फेसबुकमै ओछ्यान सारी दिएको "-आमाले कुराउनी दिदै मलाइ  भन्नु भयो । कुराउनीको डल्ला क्वाप मुखमा हाले। चपाउनु फुर्सदै कहाँ थियो र त्यतिकै मुखमा राखेर  म हतपत फेसबुक मै  भक्ति सरको स्टाट्र्स हेर्नु थाले । " के हो यो ? हेर्दा पनि हेर्दैन, बोल्दा पनि नबोली फेरि फेसबुकमै ब्यस्त हुन्छ ,होइन ,तैँले मेरो कुरा सुनिनस् की के हो ?"-आमा वल्लो पल्लो घरसम्म सुनिने गरि कराउनु भयो । "के बोल्नु के हेर्नु ,आमा हजुरलाइ ?अब काम सघाउ भने पनि ओछ्यान सर्नु नमिल्ने फेरि म फेस्बुक बाट कहाँ फुर्सद पाउनु सक्छु र ? हेर्नुहोस् न कति धरै मेसेजहरु आएका छन् सबको मन राख्नै पर्‍यो " मैले फेस्बुकमा आएका टन्न मेसेज आमालाई देखाउदै भने । आमा मेरो शिरानी नजिक आएर बस्नु भयो ।  "यी  राता पल्याकपुलुक्क गर्ने दानाहरु चाइ  के हो नी ?
'आमा यी दाना होईन यी त फ्रेन्ड रिक्वेस्ट हुन के त! अनी यी चाँही कमेन्ट को रिपोर्ट क्या 'आमालाई बुझाउने हेतुले बताए ।
'सिग्रेट भनेको त सुनेको थिए रिक्वेस्ट भनेको चाइ के हो यस्को कुरा पनि..."
म नौलो रिक्वेस्ट एसेप्ट गर्दै हुँदा आमा एक्लै गुनगुनाउनु हुदैथियो ।
"अनी अस्तिका ती नानी हरु त गइ सके होला नी तेरो फेस्बुकबाट होईन ? आमाले पहिले देख्नु भएका केटीसाथीहरुको बारेमा जिज्ञासा राख्नु भयो ।
"कहाँ जानु नी यही छन् नी, यी हेर्नुस् " मैले नयाँ साथिको फोटोहरु देखाउदै भने ।
"लौ हेर नाक त तेरो जस्तै रहेछ ।कानको लोत्ती पनि तेरोसगै मिल्ने"-भखरै प्रोफाइल हेर्दै गरेको साथिको तस्बिर म सग तुलना गर्दै आमा एकोहोरिनु भयो ।
"खै अब यसलाई बन्द गरौ है आमा! अर्को कमेन्ट को रिपोर्ट आयो " मैले माथी देखिएको रातो दाना देखाउदै भने ।
-"को कम्रेड? कुन कमरेड ?कमरेड समरेड अब गोली मार ,सबै कमरेड चिनियो । पर्दैन आउनु अबो हाम्रो घरमा ,नचिनेका हुन र तीनीहरुलाई!"दाया पट्टीको मुसा चलाउनु नपाउदै आमा फत्फताउनु भयो ।
"हरे !कमरेड होईन के आमा कमेन्ट भनेको कमेन्ट "सकिन मैले हजुर सग अब" हतपत मुसाको पुच्छर तानेर हेर्दै गरेको फोटो हटाइ कमेन्ट पढ्न थाले।
 आमा हेरी रहनु भएको छ। मेरो ओछ्यान ,मेरो फेस्बुक ,अनी मेरो ब्यस्तता। म कहीले स्टाटस परिवर्तन गर्छु ,कहीले मेसेज लेख्छु ,कहीले नोट चिरफार गर्छु । यतिकैमा अली परबाट "तल्लो घर बोजु! ए तल्लो घर बोजु ! यता हेर्नु नी  हौ!" कोहि नारी मान्छेको आवज बाहिर गुन्जियो । आमाले  पालीमा अलिकति टाउको निहुराएर आवज आए पट्टी हेर्नु भयो। मैले परको नारी स्वार मथिल्लो घरे दिदीको हो भन्ने प्रश्ट बोध गरे । उता बाट के भन्नु भयो मैले पत्तो पाइन । फेरि मलाई फेस्बुक बाट फुर्सद पनि त थिएन अर्काको कुरा सुन्ने । मैले आमा पट्टी हेर्दा आमा अली हतारमा उठदै हुनुहुन्थियो  ।
"आमा! किन हतार?,बस्नुस् न बस्नुस् म फेसबुकमा अरु कुरा पनि देखाउछु। "आमालाइ मैले एक छिन् बस्ने आग्रह गर्दै भने ।
-"तेरो जस्तो फुस्रो हो र ? मलाई त माथिल्लो घरे कान्छीले कोदोको तिनपाने खाने फ्रेण्ड रिक्वेस्ट पठायो बुझिस्!!"
आमा माथिल्लो घरतिर लाग्नु भयो।

मैले भोलि देखि आमालाइ फ्रेण्ड रिक्वेस्टको बारे अर्थ्याउनु नपर्ने भयो भन्दै लामो सुस्केर को महसुस गरे।    

 क्रमस..........

आमा ,म र फेसबुक -२


       "होईन छोरा म तेरो  जन्म दिने आमा हुँ ,गाली त के मैले थप्प्ड हाने पनि तिमी ले सहनु पर्छ ,अस्ती जे भए पनि अब फेरि घरै आउ। "  म फेस्बूकमा टोलाउदै हुँदा नजिकै आएर आमाले बोलाउदै भन्नु भयो । म नसुनेको जस्तो गरी उता बाट आएका फ्रेन्ड रिक्वेस्टहरु एसेप्ट गर्दै थिए । मैले आमालाई एक नजर पनि हेरिन। "होइन ए कान्छा !तेरो त टन्न साथी पो छ की के हो फेसबुकमा  ?,लौ हेर हेर कति राम्री नानी हरु ! टपक्कै टिपेर लिएर आइज यी मध्ये कुनै एक, म बुहारी भनिदिउला ,तेरो फेसबुकको नशा पनि  त्यहाबाट सकिन्छ की !!"आमाले भखरै फ्रेन्ड रिवेस्ट एसेप्ट गरि मैले उस्को प्रोफाइल र पिक्चर हेर्दै हुँदा औंला ले देखाउदै भन्नु भयो । म नबोली फेसबुक मै निरन्तर लागि रहे । आमासग बोल्नु मलाई तेति मोड पनि थिएन । फेरि आमासग सकारात्मक वार्ता भै हाल्यो भने मैले फेसबुकको ओछ्यान घरतिर सार्नु पर्छ अनी फेसबूकसगको बिछोडले मलाई निकै सताउनेछ यो कुरा मैले राम्रै नै बुझेको थिए । "हुन्छ आमा! अहिले हजुर जानुहोस्, म अलिकति ब्यस्त छु, भरे आउनुहोस्न है अनी कुरा गरुला" मैले दाँया पट्टिको मुसा चलाएर अर्को फ्रेन्ड रिवेस्ट एसेप्ट गर्दै आमातिर नहेरी बोली दिए । " लु के के गर्छस !गर मलाइ मात्रै के को चासो " आमा उठेर जानु भयो म पारी गाउको भैरे सग चाट गर्नु थाले । क्रमस .... 

आमा ,म र फेसबुक -१

आज मलाइ साह्रै दु:ख लागेको छ,अनी मन पनि साह्रै दुखेको छ,यसो साथीभाइलाई सुनाउदा हलुका हुन्छ की भनेर सुनाउ जस्तो लाग्यो .मेरो आमा भनु ममी ले साह्रै गाली गर्नु भयो ,झगडा नै पर्‍यो र वहाँले मलाई घर बाट निकाली दिनु भयो। गाली त कति हो कति सबै त मैले सम्झिनु सकिन तर दैला बाट निस्किने बेलामा भनेको कुरा चाँही कानैमा छ "जा आज बाट टोलाई म फेसबुक मै ओछ्यान लगाइ दिन्छु !" धन्या ममी यो दुखेको दिल उतै साथि भाइ सग फेसबुक म शान्त परुला भन्दै सिरानी बोकेर हिंडे ।

Tuesday, April 26, 2011

डम्फु साझ-2

part -2

डम्फु साझको भोली पल्ट साझ लिना काम बाट फर्किन ।पटक पटक हातको मोबाइल
ले सजनको नम्बर डायल गर्नु कोसिस गर्‍यो तर सकेन। येसै बेला उसको
मोबाइल्मा रिङ्ग आयो हतार हतार उठाइन फोन उही सजनको रहेछ ' हेल्लो तिमी
लाई सञ्चै छ?" सजनको आवाज मा लिनाले भनिन ,"सन्चो बिसन्चो भन्दा पनि
मानसिकता अलिक तरल भएको छ । हिजो को साझ देखि मलाई त्यो हवङ नदी को
किनारा साचै रमाइलो लाग्दै छ । तिमी किनरै किनारा आफ्नो कोठातिर लागेउ म
ट्रैन छाडेर बिस्तारै बाटो लागे बाटो भारी तिम्रो याद आयो । आज दिउसो पनि
हिजोको झझलको आइ नै रहयो / दम्फु साझमा चार सय मान्छेहरु मा खै किन
तिम्रो मात्र मुहारको याद मेरो मन मा छ आखिर किन हो मलाई पनि थाहा छैन ।
" लिना ले येती भनि सक्दा सजन को मन पनि कता कता तरल भयो । उसले मलिन
स्वर मा भन्यो ,"लिना !तिम्रो मात्र दिन हरु त्यसरी बितेका होइनन मेरो
पनि हालत उस्ताइ छ । हो त्यो हावङ नदी को किनारमा झुमिएका मायालु हरु अनी
सरर हिडेका दुङ्गाहरु ........ती च्खेवाका जोडी...... अनी पानी हास.....
मैले मान्छेको जीवन यो देखेर के हो भनि आफैलाई सोधे खै मैले यो मेल्वन
शहर को मान्छेको हुलमा आफुलाई एक्लो ठानेको थिए आज तिमी सग यसरी कुरा
गर्दा त्यो एक्लो पन हराएको छ। "। सजन ले येती भनि सक्दा समय निकै
बितिसकेको थियो । लिनाले फोन राख्ने कुरा गर्नु भन्दा पहीले नै लिनाले
हामी दुबइको मनको किनारा त्यो हवाङ नदी मा   कुनै दिन भेटौँला नी भनेकी
थियिन । लिना ले आफ्नो लट्रैएको कपाल समल्दै 'हुन्छ अबो आउने शनिबार
त्यही हवाङ नदी किनारा मा भेटु है " भनिन । सजनले " हुन्छ भन्दै फोन राख्यो"

डम्फू साझ

        [part -1]

       मेल्वन शहरको   ठुलो होटेलको तीन तल्लामाथी बती सदा भन्दा अलिक फरक किसीमले बिलेको छ / मौसम अलिक जाडो भएर होला आउने जाने मान्छेले धरै जसो कालो लुगा लगाएको देखिन्छ / छेवैमा हवाङ  नदी बिस्तारै आफ्नै गतिमा सुस्ताउदै छ / संसारभरको मान्छे अटाएको मेल्वन शहर  आज साचिकै अनाउठो देखिन्छ /त्यो तीन तल्लामाथीको मन्च अगाडि केही टेबल कुर्सी ,माइक केही बुद्ध का खदाहरु अनी चार देखि पाच वटा जती डम्फुहरु राखिएको छ /मेल्वन पुगेका नेपाली समाजले या भनु नेपाली नर नारि ले गोदुली साझ भने शब्द त बिर्सें होला तर पनि त्यो गोधुली साझ हुँदै गर्दा सजन तमाङ ,तमाङ समुदये ले लगाउने रातो टोपी अनी घाटिमा खदा ओडेर बिस्तारै त्यो मन्चतिर आए /सजन आउनु भन्दा अगाडि नै त्यो मन्चमा मान्छेको भरिभराउ थियो /डम्फु साझ कार्यक्रम सुरु हुनु भन्दा पहेले नै भेला भएका नेपाली समुदयमा हालखबर र सन्चोबिसन्चो आदन प्रदान भैसकेको थियो /कार्यक्रम सुरु भयो सदा झै सानो तिनो भासण ....,अतिथी आसन .....अनी अरु तेस्तै तेस्तै...../ मन्चको दाहिने कुनामा बसेर  कार्यक्रमा हेरी रहेकी लिनालाई रमाइलो त्यसबेला भयो जब सजन डम्फु बजाएर तमाङ अनी नेपाली गीत गाउदै थिए /बाहिर निकै रात ढल्दै थियो तर मन्चमा नाच गान र मस्ती झन झन बडदै थियो /येतिकैमा लिनाले नजिकैको झ्यालबाट बाहिर हेरिन तल हवाङ नदी बाट रातको मधुर चिसो बतास बिस्तारै झ्यालबाट उनीको कालो कपाललाई  चुम्दै थियो /सजन आफ्नो प्रस्तुती सकेर बसेको बेला एक्कासी लिनाको आँखा सजन को आँखा सग जुध्नु पुग्यो एकछिन दुवै टोलाए /उता मन्च्मा मस्ती चलिनै रहेकोबेला लिनाले आफ्नो दिमाख लाई एकछिन आफ्नो बल्यपन मा पुराइन अनी कल्पनाको सागरमा डुब्नु पुगिन / यता मन्चमा डम्फु साझ चलेपनी लिना को मन नेपालको डाडा पाखा तिर टोलाउनु पुग्यो /नजिकै सजन थिए । उनी उही सजन को साथ नेपालको गाउघर  अनी ककनी र नगरकोट को बाटोमा डम्फु र सेलोले सिगारिन पुगिन /एक पल्ट मन्चमा ठुलो ताली बज्यो लिना झसङ झस्केर आफ्नो वास्तबिकतामा फर्किन । तेस्बेला सजन ताली बजाउदै थिए /मधुर सगितमा भुलेको मान्छेहरुलाई थाहा भयो की भएन तर लिना ले एक अनौठो भावनाको बिकास आफ्नो दिमाखमा गरिसकेकी थिन /मान्छे जाने आउने यता उता गरि रहेको बेला एक पल्ट सजन लिनाको नजिकै बाट हिंडे तेस्बेला लिनाको आँखा सजनको जिउमा पुगेको सजनले पनि थाहा पाए /जब सजन लिनाको नजिकै आए अनी परिचयको कुरा गरे तेस्बेला लिनालाई कता कता थोरै हिनताको बोध पनिभयो । बाहिर रात निकै पर्दै थियो सारा कार्यक्रम र सबै मान्छे हरु लाई मन्चमा छाडेर सजन र लिना बरन्डामा निस्के /अघी देखिको हवाङ नदी उही गतीमा आफ्नो यात्रा गरि रहेको थियो /'कस्तो लाग्यो आजको साझ?' सजनले एक्कासी लिनालाई सोधे /लिना पर बलेको बती देखाउदै भनिन ,"उ त्यो हवाङ नदी अनी त्यो अग्लो टावर ।।।र आजको यो साझ मलाई अनौठो लागिरहेछ ,एक त हामी ले आज नेपाली सास्क्रिती जोगायौ अर्को तामाङ डम्फु र गीत पनि बचायौ होईन र ।।।?"अबो सजन को मन धरै माथि पुगिसकेको छ उसले लिनालाई नजिकै राख्यो ,दुबै एकापसमा टोलाए ।। येती नै बेला सजन ले भने " हेर लिना ! मान्छे भएर जिउनु को अर्थ यो हुन्छ की जब उसले युग सगै आफ्नो सास्क्रिती र रिती को जगेर्ना गर्छ / म आज यो डम्फु लाई येती माया गर्छु की तेसको साथै यो हवाङ नदी अनी यो प्रकिती त्यो भन्दा बढी नयाँ युग र नयाँ परिभेसमा आएकी तिमीलाई ........." सजन ले येती भनि सक्दा उस्का हातहरु लिनाका हातहरु सग स्पर्स गर्दै थिए /लिना बिस्तारै उठिन तल सडकमा हजारौं गाडी हरु गुडिरहेका थिए ,हवाङ   नदी को किनारमा धरै मायालुहरु सुस्ताउदै थिए ,अली परको बगैचामा सुन्दर फुलहरु आफ्नो बासना प्रक्रीती अनी सजन र लिना जस्ता मान्छेलाई बाड्दै थिए /रातको १२ बजे डम्फु साझ कार्यक्रम सकियो / सबै मान्छे आ -आफ्नो बासस्थान्तिर लागे /तल भुइ तलामा ओर्लियेका सजन र लिना पनि आफ्नो आफ्नो कोठातिर जान तयार भए /जाने बेला मा सजन हातमा आफ्नो दम्फु बजाउदै हुँदा लिना सडक पारी पुगेकी थिन सजन ले हतार हतार एउटा खदा र एउटा सानो फुल को थुगा ल्याएर लिनालाई दियो ।लिना मुसुक्क हासिन र दुबइ कुरा थापिन /एकैछिनमा लिना लोकल ट्रैन को सब्वये चडेर हवाङ नदी हुँदै मेल्वनको उतरतिर लागिन /सजन हवङ नदी को किनारै किनारा नाउ चडेर आफ्नो कोठा तिर लाग्यो/...
           to be cutd...

धारावाहिक कथा - "साहिलीबज्यै"

साहिलीबज्यै -२"
         साहिलीबज्यैको भूमिका नेपालमा  यू एन को भूमिका भन्दा प्रभावकारी भयो, त्यो मङ्गलेको घरलाई । अघी भखर ग्रिहयुद्धको चरम बिन्दुमा पुगेको मङ्गलेको घर अब बिस्तारै शान्ति ,सदभाव र मिलन तर्फ उन्मुख भयो ।
  साहिलीबज्यै उठेर घरतिर लागिन । मङ्गले बिस्तारै मङ्गलीको छेउमा पुग्यो । छताचुल्ल छरिएका मङ्गलीको केशलाई बिस्तारै सुम्सुम्याउदै बोल्यो," कस्तो दैबको जस्तो ब्यबहार गरेछु मैले ?उठ अब तैले मात्र होईन हामी दुबै मिलेर खाना बनाउ अनी सगै बसेर खाउ । अब जिवनमा कहीले पनि यी हातहरु
तेरो शरिर  माथी प्रहार हुने छैन । "मङ्गलेले यति भनि सक्दा मङगली मुन्टो निहुराइ रहेकी थी । फेरि मङ्गलेले मङगलीको केश अली कडा रुपले समात्यो र आफु तिर तान्यो । मङग्लीको मुहार आफुतिर फर्किन्दा उस्का नाकबाट रगत बग्दै थियो । छेवैको थाङ्नाले मङगेलेले मङ्गलीको नाक पुछपाछ पारि दियो अनी फेरि मङ्गलीको कानैमा आफ्नो मुख जोतेर भन्यो,
"हेर ! यो रगतको मुल्य म चुक्ता गर्ने छु ,तर भन्न सक्दिन .....यहाँ हजारौं रगत बगेका छन् कसैको रगतको पनि मुल्य कसैले चुक्ता गर्न सक्दैन। म तेरो जिवनको आधा भाग आज यो हामी बीचको झगडा तेसैले निम्त्याएको हो जो हामी सग छैन । तेरो शरिरबाट बगेको आजको रगत मेरो लागी तागत ...अनी
साहिलीबज्यैको मार्गदर्शन यी दुई कुराले म यो हाम्रो घरको परिवर्तन्को बाटो खोल्नेछु । त्यो बाटोमा तो  र म अनी यो समाज सुखी हुनेछ । "मङ्गलेको  सबै कुरा त मङगलीले पकै बुझिन होला तर उस्ले एउटै कुराको
हेक्का राखी त्यो हो "सुख अनी  सुखि" । सुख  र सुखी दिन आउछ भने कस्को मन
ढुङ्गाको हुन्छ र झन मङगली त एक नारी..... ।
    मङ्गलीले बैस्तारै मङगलेको हात समाइ अली अली कापेको शरीर र  ओठले लर्बराउदै शब्द ओकली ," तिमीले साह्रै पिटेउ ,धरै दुख्यो अब कहीले पनि पिटदिन भन ,अनी मुग्लान गएर सुन र पैसा ल्याउछ भन मेरो यो दुखाइ सबै बिर्सी दिन्छु , यो घर म थाम्छु ,तिमीले ल्याएको पैसाले हामी ठुलो घर
बनाउला ।"
    मङ्गले निकै खुशी भयो । आखिर मङ्गलेको एक्लो मुङ्लान यात्राले कतिनै खलो सर्छ र घरकी दरो छैन भने । यो मङ्गलेलाई राम्ररी थाहा छ । हजारौंको मुग्लान यात्राले सबैको घर  कहाँ भनेको छ र ? घरबार राम्रो चलाउन मुङ्लान गयेका कतिको घरबार उठेको पनि त छ  नी तर आज यस्ले मलाई ठुलो आट र हिम्म्त दिदैछ । मङगले मन मनै सोच्छ । एकोहोरो अघि आफुले हानेको लातको डाम हेरेर टोलाइ रहन्छ । मङ्गली नजिकैको कुचो मङगलेको आँखा सामु हल्लाउछे ।  बातावरण अलिक सुन्सान हुन्छ । बाहिर रातका ज्याउकिरीहरु किरिरी गर्न थाली सकेका छन् । सबैका घरमा साझाको टुकी बलीसकेको छ । मङ्गले र मङ्गली दुबै निभेको अगेनो र अगुल्टो ठाकठाक्ठुक्ठुक पार्न थाल्छन  ।

 साहिलीबज्यै -3


"लु  हेर हेर घाम झुल्किन लागि सक्यो , यी जोइ पोइ को उठने तरखर छैन की के हो ?"मङ्गलेको झुपडीको प्रबेशद्वार नखोलिएको देखेर साहिलीबज्यै गनगनाउदै मङ्गलेको घरमा पुग्छिन।
"होईन नी साहिलीबज्यै उठिसकेका छौ ,चिसो सिरटो अगेनसम्म  नै पुग्यो र पो ढोका ढप्क्याएको हो । छिस्किनी त खुल्ला नै छ आउनुहोस् है भित्रै "मङ्गलीले अदुवाको झोल डाडुले पस्कदै भनि । " अनी यो चाँही के गर्दैछ नी मुग्लान जाने भन्छ अगेना रुगेर बस्छ खै यस्ताले के गरेर आउछ होला ? अदुवाको झोल पिउदै गरेको मङ्गलेपटी फर्केर साहिलीबज्यै कराइन । "ओइ ! साहिलीबज्यैलाई पनि यो तातो झोल दिहाल त" ,मङ्गले उस्कै घुडाले छोएको हलुङ्गेको बटुका देखाउदै बोल्छ । साहिलीबज्यै पिर्कामा बस्छिन ।  तिनै जना अदुवाको झोल पिउछन । घामले क्षितिजलाई निकै छाडिसकेको छ ।  बारीतिर कोदालोको आवज सुनिन्छ । कतै होरी होरी ,ह ह पच तारे माले जस्ता आवज प्रस्स्तै सुनिन् थालेको छ । अली परको उकालो बाटोमा कालीबन तिर घास दाउरा जानेको छनक पनि मिल्छ  .  एक कान दुइकान मैदान हुँदै आज मङ्गले मुग्लान हिड्ने  कुरा गाउमा सबैलाई थाहा भैसकेको छ । कतीले खुशी र राम्रो को सङ्केत गरे कति ले मङ्गलेको मुग्लान यात्रा सुन्दा ओठ बटारे । कतिले चन्डाल्नी सहिलीबज्यैको काग्ताले हो नी सबै कुरा भन्दै बज्यैपटी धारे हात बनाए ."हेर मङ्गले म तेरो बाबुको पालादेखिनै तेरो घरको बारेमा जानकार छु । आज मुग्लान जान लाग्दैछस ,सुनेको छु मदेशमा मलेरियाको माहामारी छ रे ,चारकोषे ,पथलैया,रानिबान अनी तुङ्सुङ भिरमा राम्रो ख्याल गरेस । लामखुट्टे बाट जोगिनु । नेपालतिर जानेहरुले पनि बाटोको लागि सामल र काजक्रियाको सामल बोकेर फर्के आउँला बिते जाउला भन्दै  हिडछन अरे। राम्रो कमानु ,आउने जाने मान्छे पाए मङ्गलीलाई खर्च पठाउनु । " साहिलीबज्यै अगेनाको अली मधुरो रापले हात सेक्दै मङ्गलेलाई सम्झाउछिन । मङ्गले केहि नबोली  आगेना छेउतिरको फुल खरानी खेलाई बस्छ । मङगेली साहिलीबज्यैको सुम्धुर आशिष स्वर सुनिरहनछे । " होईन मङ्गली तो चाँही किन एकोहोरो नी झोला ठीक पारीदे । " साहिलीबज्यै मङगलीको ध्यान भङ्ग पार्छिन । सबै तयार छ साहिलीबज्यै भन्दै मङ्गली नजिकै को पुरानो खाकीको झोला देखाउछे ।  एकैछिन पछि मङ्गलीले गिलो गिलो मकैको भात र पातलो मही मङगलेको अघिल्तिर राखी । साहिलीबज्यै मङ्गले घरको रामकहानीमै हुँदा मङ्गलेले थाल चाट्चुट पारिसक्छ । ला यो सातु बाटोमा खानु बाँकी भए उतै लानु  साहिलीबज्यैले  मङगले खाकीको झोलको तुना मिलाउदै हुँदा कालो कपडाको एक पोका मङ्गलेलाई दिन्छिन । सबै बाटोको बन्दोबस्ती मिलाएर मङ्गले झोल बोकेर झुपडीबाट निस्किन्छ । साहिलीबज्यै र मङ्गली   माथी हुलाके चौतारो सम्म पुर्याउन जान्छन ।  तीन जना चौतारोमा पुग्दा अरु गाउलेहरु र बटुवाहरु चौतारो म बसिरहेका थिए । " होईन हौ मङ्गले कता पो हिडेको नी आज ? " सुब्बा माइला मङ्गलेलाई प्रशन गर्छ । मङ्गले निन्यारो मुखले नबोली बस्छ । " मुग्लान हिंडेको मुग्लान ,कमाउनलाई ,के तिमीहरुलाई पनि जाऔ जाऔ लाग्यो ? " साहिलीबज्यैले मङ्गलेको यात्राको जानकारी ठुलो  स्वरले गराइन । "अबो म लागे है साहिली बज्यै ,यो मङ्गलीको हेर्बिचार गरिदिनु होला ,सहिलीबज्यै कै भरमा छोडेको छु है । "मङ्गले रुन्चेस्वरले बोल्दै पाइला अगाडी सारयो । चौतारो नजिकै घरबाट डल्लेमाइलोले मङ्गलेको साइतलाई भनेर आकशतिर नहरर्सिङ्गको फुदो तेर्स्याइ एक पल्ट मज्जाले बजाइ दियो ।आखिर बिदाइको क्षण कहाँ रमाइलो हुन्छ र ? चौतारो चकम्न्न  भयो। मङ्गले माथी ठुलो कटुस बोटमा पुग्यो ।अली अली दौराको फेर सबैले देख्दा देख्दै मङ्गले  कुवापानी कमानेडाडा हुँदै सबैको आखाबाट छेलियो । यता मङलीको आखामा नजानिदो पाराले आशुका ढिक्काहरु टिल्पिलाउदै थिए । " धत ! लाटी , आटी छोरालाई धुलो न मुलो न मलेरिया आइज जाऔ ,भनेर साहिलीबज्यैले पाखुरामा तानेर झुपडीतिर लगिन।           

"साहिलीबज्यै -४"   

       हुँ हुँ हा हा हुँ हुँ एकोहोरो आईमाई  मान्छे रोएको आवज साहिलीबज्यैको कानको पर्दामा कम्पन हुन्छ । साहिलीबज्यै हतार हतार फुस्किएको पटुका बाध्न नभ्याइ घिसारदै मङ्गलेको झुपडीमा पुग्छिन ।मङ्गली अगेनाको छेउमा लम्पसार परेर छटपटाइ रहेकी छे । हन ए मङ्गली ! मङ्गले हिंडेको पनि नौ पूरा भएर दश महिना  लागेछ होईन, मैले त औंला  पनि भाचिन। आजको पुर्णे त कट्छ होला भन्ने लागेको थियो, बेला त भै पो सकेछ, भन्दै साहिलीबज्यै मङ्गलीको फुलेको पेटमा हात पुर्याउछिन । मङ्गली झन जोडले एया एया मरे मरे हुँ हुँ भन्दै पिडाको चरम बिन्दुमा पुग्छे । "धरै हल्ला नगर ,हामीले पनि पाच सात वटा धुलो मै पाएका हौ । न साथी न बुढो ,तेरो लागि त म छु नी हौ म छु। "साहिलीबज्यै मङ्गलीलाई गाली गर्दै सान्तव्ना दिन्छिन । मङ्गली झन बेसरी कराउछे ,छटपटाउछे ,साहिलीबज्यै नजिक नजिक आएर कहीले खुट्टा ,कहीले पेट कहीले छाती समाइ दिन्छिन । बेला बेला पानी पिलाउछिन । पिडाको अन्तिम क्षण थियो शायद त्यो ,मङ्गली जोडले कराइ र बल गरी । अन्त्तत 'च्या' 'च्या' गर्दै धर्तीमा एउटा नयाँ मान्छेले पाइला टेक्यो। पर पुर्वको  क्षितिजमा पुर्णिमाको जुनको उदय हुदैथियो । शिरिरी समसाझको बतास चल्यो । छेवैको धुपीको बोटमा रुप्पी र भङ्गेराहरु कु ..चु ..चु गर्दै बचेरालाई बास बसाउदै थिए। साझको मङलध्वानी स्वरुप चौतारो छेउको घरबाट डल्लेमाइलो सधै झै आज पनि नरहसिङा बजाउदै थियो ।
   मङ्गली होशमा आउँदा साहिलीबज्यैले सालनाल छुट्याइ नानीलाई थाङ्नामा बेरबार पारिसकेकी थिन । अनी मङ्गलीको नजिकै तातो माड र अरु खाने कुरा पनि राखी सकेकी थिन । मङ्गली बिस्तारै कोल्टो फेर्ने कोषिस गर्छे तर सक्दिन । "हेर हेर नाक उस्कै बाबुको ,आखा त मङ्गले कही गएनछ । मुख चाँही मावली तिर गएको हो की !!"साहिलीबज्यै थाङ्नामा बेरेको नानीलाई हलुका हात र मधुरो तापले स्पर्श गर्दै गनगनाउछिन । एक पल्ट बच्चा निकै जोडले रोयो । फेरि साहिलीबज्यै बोलिन ,"स्वर तिखो छ पछि गायिका बन्छे । " साहिलीबज्यैको त्यो शब्द मङ्गलीको कानमा राम्रैसग अनुदर्य तरङले प्रशारण गर्‍यो । अनी मङ्गली होशमा आए पनि बेहोशी जस्तै ,नदुखे पनि दुखे जस्तै ,सिने पनि नसुने जस्तै गरेर लम्पसार परि रही । साहिलीबज्यै बच्चासग बोल्छिन । कहीले मङ्गलीलाई  खाना बनाउछिन । मङ्गली मन मनै साहिलीबज्यै को 'गायिका बन्छे' भन्ने शब्द सम्झिन्छे र भित्र भित्रै ढुखी हुन्छे ।'छोरा पाउने आशा थियो ,छोरी परेछ ,छोरी त म जस्तै अर्काको घर जाने जात न हो 'थुक्क मेरो कर्म !भोली गाउलेले पनि मलाई छोरी पाइ भनेर हेला गर्छन होला । मङगली मन मनै बिभिन्न कुराको जालोले मन बेर्छे । निकै बेरको आत्मा तर्कनासगै मङ्गलीले  कोल्टो फेरि । कोल्टो फर्कदा साहिलीबज्यैको  काखमा भएको थाङ्नाको सानो मान्छेलाइ झल्यास्स देखि । उ छाङ्गाबाट खसे जस्तै भइ। कता कता मुग्लानमा गएको मङ्गलेको  याद मान्स्पटलमा दगुरे ।मुग्लान जाने अघिल्लो रात याद गरी । माइतीघरबाट टाढा हुँदा मङ्गलेले दर्साएको स्नेहको याद गरी । मङ्गलेको माया र भकुरेको दिन सम्झी । "देखे पछि माया लाग्छ "साचै यो क्षण मङ्गलीको लागि सत्य भयो । आखिर आफ्नो सन्तानको माया कुन आमालाई हुदैन होला ?झन मङ्गली त एक्लो मुग्लान गएको बुढालाई कुरेर बस्नु पर्ने । ती सानी बच्ची अब मङ्गलीलाई आफ्नो मुटु भन्दा ठुलो र प्यारो लाग्यो । उस्ले मन मनै यो सोची की मैले सन्तानको मुहार हेर्नु ढिला गरीसकेछु । पैदा भएको पनि घन्टौ भैसक्यो । छोरा न छोरी । उस्तै हुन । म पनि छोरी त हो नी अनी यी साहिलीबज्यै पनि । छोरी पाएकोमा समाजले जे भने पनि मलाइ गर्व छ । मेरो छोराको चाहानाको अन्त्य मात्र होईन अब मेरो गर्वमा छोरा कहिल्यै नबसोस । छोरी नै मेरो जीवन हो । हतार हतार सकी नसकी 'खै साहिलीबज्यै अब यता देउ "भन्दै हात तेर्स्याउछे । चुक चुक गर्दै बिस्तारै साहिलीबज्यै नानी मङगलीलाई दिन्छिन । अनी पुरानो आफ्नो पालाको रत्यौलीका केही गीतहरु गुनगुनाउछिन:-
"बारैमा बस्ने नी पहेली चरी
के ल्यायौ खबर
जेठा नै भाई को वर्तमान आरे
येही ल्याए खबर
जाइ जुम भने नी सौताको खटन
नजाउ त जेठा भाई
राजै
नजाउ त जेठा भाई...."  मङ्गली छोरीलाई दुध चुसाउदै साहिलीबज्यैको छोरीको पिडा र बेदनाका तरेलीहरु सुनीरहन्छे । केही छिनमा मङ्गली आमा भएको सन्तोशमा फुस्स निदाउछे । साहिलीबज्यै अगेनातिर पिठ्यौ फर्काएर एउटा चिर्पट सिरानी लगाइ मङ्गलीको हेरचाह गर्दै निदाउने कोसिस गर्छिन ।रात निकै छिपिएको छ । धरै तल कुकुर भुकेको आवज सुनिन्छ । गाउ चकमन्न र सुन्सान महशुस हुन्छ । निकै टाढा स्याल कराएको मधुरो आवज पनि सुनिन्छ       कथा -



"साहिलीबज्यै -पाच [5]"-


     शायद यो फागुनको अन्तिम अन्तिम हो  । जङ्गलका रुखका पातहरु पत्करमा परिणत हुदैछन  । धरै तल टिस्टा नदी निलो रङले छछल्किन्दै बिस्तारै बहेको छ । नदीबाट उकालो लागेको हावाको एक झोक्काले त्यो जङ्गलका रुखहरुलाई अङ्गालो हाल्छ । सररर पातहरु डाली र हागा हुँदै भुइसम्म् आइपुग्छन । पाउलो फेर्नु हतारिन्दै गरेको बिलौनेको बोटबाट एउटा चरी निरन्तर् आवज निकाल्छ ,"बित्यो, बित्यो "। आरा काटदै गरेको मङ्गलेको कानमा यो आवाज आज अनौठो पाराले गुन्जियो । अनी हतपत आरा फालेर आराधरान नजिकै मुढा जोतेको छेउमा बस्यो । 'होइन आज यो चरा किन यसरी बोलिरहेछ ,यतीका बर्ष बिताए यो जङलमा,कती अजिग्गर ,कती सर्प कति लाम्खुट्टे ,कती उपिया र उडुस अनी कति जुका र बिच्क्षीसग लडे आज यो एउटा चराले मेरो तागत गुमाएको ठान्दैछु । आखिर के बित्यो ?' मङ्गले अङ्गेरी पातमा सुर्ति सल्काउदै मनमनै सोचिरहन्छ । उस्ले पहिला आफूलाई नै हेर्यो । हो बितेकै हो ,मेरो उमेर ,अनी घर ,गाउ ,समाज छोडेर यहाँ आएको बर्षौ भयो , समय बितेकै हो । एकछिन पछि अझै प्रस्ट स्वरले चरी कराइ "बित्यो , बित्यो "। यो बेला भने मङ्गले निकै निरस ,निकै नर्मस र निकै उदास भयो । उस्ले हत्पत सम्झ्यो 'मेरी मङ्गली !'अझै सम्झ्यो घर छोड्ने अघिल्लो रात,। तेती मात्र कहाँ हो र त्यो रातको गर्वधान सगै सन्तानको मुख हेर्ने समय ,अझै सम्झ्यो मेरी साहिलीबज्यै !'उ नजानिदो पाराले भाबुकताको अन्तिम बिन्दुबाट धरै तलको टिस्टा नदी हेर्दै थियो । नदी किनारामा फुस्स फुस्स निलो   कालो धुवा फुस्फुसाउदै र मान्छेहरुको कोलाहलकै बिचमा फेरि एकपल्ट त्यो चरी बोली ,"बित्यो बित्यो " । मङ्गले एक तमासाले त्यो तल नदी किनारा नियाल्छ अनी कानमा चरीको आवजलाई गुन्जायमान गराउछ । उ झवाट् सम्झिन्छ साहिलीबज्यै !अनी कता कता भावबिहल हुँदै कल्पन्छ सम्झिन्छ मेरी साहिलीबज्यै ! जस्को छत्रछायामा म हुर्के ,जसको माया र ममतामा जीवन गुजारा गरे अनी जस्को प्रेरणाले मुग्लान आए ,अलैची बारी र चिया बगान अनी जङ्गलको आरा कटानले भए पनि दुइ पैसा कमाउदैछु । त्यो तल टिस्टा नदीको किनाराको मान्छे र मलामी अनी फुस्फुसाउदै गरेको धुवा कतै मेरी साहिलीबज्यैको बिदाइ त  होईन ? अनी यो चरीको आवज साहिलीबज्यै बितेको खबर पो हो की? तर होईन ,यस्तो हुनु सक्दैन । मेरी साहिलीबज्यैले मेरो पौरख खानु छ ,मेरो कमाईलाई सहि उपयोग गर्नु छ म जस्ता गरीब निमुखा र अचेतनाका मान्छेहरुमा वा त्यो पुरै गाउमा एउटा नौलो आयाम लगाउनुछ । हे इश्वर ! मेरी साहिलीबज्यैलाई केही नहोस् है ! । मङ्गले चरीको आवजलाई बिभिन्न अड्कल्बाजी लगाउदै साहिलेबज्यै प्रती घनघोर सदभाव ,माया र आदरले सम्झिन्छ । नदी बाट उकालो लागेको बतास फेरि त्यो जङ्गलको रुखहरुमा ठोकियो । हजारौं पताहरु सरर भुइमा खसे । अनौठो आवज गुन्जियो बतास र पताको समिश्रणले ।  मङ्गले धरै परको भोटेबस्ती ,तुङ्सुङ्बस्ती ,चौरावश्थ अनी क्षितिजपारीको आफ्नो झुपडी ,मङ्गली अनी साहिलीबज्यैको सम्झनामा आँखा रसाउदै बसीरहन्छ । केहिपरको सोम्बारे हाटबाट अली अली मैकिङ को आवज सुनिन्छ । आकशे रबी अबो डुब्नु डुब्नु लागेको छ । सयै आराधरानमा कयौ काठ चिरानको नरमाइलो आवज सुन्दै 'अब म एक दिन पनि मुग्लान बस्दिन ,भोली नै घर फर्किन्छु । मेरो साहिलीबज्यैलाई भेट्छु । अनी आज सम्मको बनी बुतोले गाउमै केही गर्छु 'भन्ने मनसायले मङ्गले बिस्तारै उठेर आराधरानतिर  लाग्छ ।  रातभरी साहिलीबज्यैलाई सम्झदै उज्यालो हुन्छ । टाइगरहिलबाट उदयमान रोशनीसगै खाकीको झोला बोकेर मङ्गले आफ्नो देश् ,झुपडि र साहिलीबज्यैको दर्शन तर्फ लाग्छ   

     ------cutd.....