प्रकाशित रचनाहरु

Showing posts with label घायलको तरही मुसायरा. Show all posts
Showing posts with label घायलको तरही मुसायरा. Show all posts

Monday, November 21, 2011

'मायाँ आज खेल भयो'

गजल (बुद्धि मोक्तान)
--------------------
तावा माथि तेल भयो
पिठो हाली सेल भयो

'चाँदनीको नौलो रात मा'ग्या

रगतको मिल्ने जात मा'ग्या थिए तिमीसँग
मृत्‍यु टारी ज्यूँन साथ मा'ग्या थिए तिमीसँग

Thursday, November 17, 2011

'मायाँ आज खेल भयो'

घायलको तरही मुसायरा -२३.

मिसरा -'मायाँ आज खेल भयो'
"दलवीरसिंह  बराइली"
---------------------
गजल (बुद्धि मोक्तान)
--------------------
तावा माथि तेल भयो
पिठो हाली सेल भयो
-----------------------
खाने मान्छे धेरै थिए
त्यही ठेला ठेल भयो
 ---------------------
कराउँदै बेच्दा रोटी
पसिनाको भेल भयो 
---------------------
कति भागे पैसा नदि
हरे ! कस्तो झेल भयो
 ---------------------
तिमी पनि त्यही हुँदा
दुई आँत मेल भयो
 ---------------------
चाख्दा चाख्दै आँखा जुधी
'मायाँ आज खेल भयो'

Friday, July 1, 2011

गजल

(गजल) -बुद्धि मोक्तान  

स्वार्थ त्यागी निस्वार्थमा आस्था हरु ढालेको छु
साचो मान्छे सभ्यतामा पाद हरु चालेको छु ।

बिस्वासै त गर्दैनौ की कली युगमा मेरो पनि
दशी केही छैन बरु ज्यानकै बाजी हालेको छु ।

क्षुद्र स्वार्थी मन त्यागी भद्र मान्छे समाजमा 
बन्ने भार आफै बोकी यात्रा मैले थालेको छु ।

क्रोध लोभ मोह मद त्यागी सबै जिन्दगीमा 
सत्य हुल्न मेरो मन्दिर् लाख बत्ति बालेको छु ।

अज्ञानता पुरै फाली 'बुद्धि'मानी बन्छु भन्दा 
थाहा छैन आफैँभित्र ब्वाँसा कति पालेको छु।

२०११/०७/०२ घायलको तरही मुसायरा -१७

Saturday, June 25, 2011

गजल

हाँसो फल्ने कोठेबारी जीन्दगीको गोरेटोमा
फूल फुलोस् गोदावारी जीन्दगीको गोरेटोमा


लक्ष पुग्न ढिला होला फूल त्यसै कहाँ फूल्छ 
बस्यौं भने आँतै मारी जीन्दगीको गोरेटोमा

जीत चुम्न चस्स खपी बाग भित्र हुँदा माली     
फाड्नै पर्छ काँढा घारी जीन्दगीको गोरेटोमा

एक्लै फेरि सँझिदैन सुन्दर ती बाग पनि
सहयात्री नर नारी जीन्दगीको गोरेटोमा

डर लिनु छैन  मनु!सत्य मनले रोप्यौ भने
फूलै फूल वारी पारी जिन्दगीको गोरेटोमा

-बुद्धि मोक्तान
२०११/ ०६/२६

 घायलको तरही मुसायरा भाग -१६ मा , जितु खड्का को मिसरामा मैले लेखेको गजल

Saturday, June 18, 2011

पराइको खुशी संगै

गजल:  अज्ञात पाल्पाली
मिसरा: पराइको खुशी संगै नाँच्न पनि मानेन मन

(गजल)  -बुद्धि मोक्तान

आँशु झारी रोए सधै साँच्न पनि मानेन मन
थेग्नै गार्हो थियो पल बाँच्न पनि मानेन मन

चट्ट बिर्सी दिउ भने छाडी जाने बैगुनी लाइ
मायाँ फेरि गोगन् डाली भाँच्न पनि मानेन मन

सोध्यौ किन फूलदानी फुट्यो यो त जिवन संगै
अर्थ छैन डुल्नु बाग हाँस्न पनि मानेन मन

खुशी ब्यक्त हाँसो बग्यो मेरै आँशु त्रिवेणी भइ
पराइको खुशी सगै नाँच्न पनि मानेन मन

बिस्वासले चाख्छु भन्थे चुही गयो रसिलो प्रेम
दुध पानी के थ्यो होला जाँच्न पनि मानेन मन

२०११/०६/१९

Tuesday, June 14, 2011

'मेरो रचनामा

उत्तर हो की ! प्रश्न त्रुटी मेरो रचनामा
'गयो नेपाल किन फुटि ?'मेरो रचनामा

तिम्रा सन्तान 'गा'को छैन भन्दा टुक्रिएर
हासिन फेरि ती भृकुटी मेरो रचनामा। 

स्वादेश गान सुन्छु लेख अनी गाउ भन्दै
नाच्छिन् उनी आफै उठी मेरो रचनामा ।

'सहिद छोरा तिम्रै थिए, किन भयो हेला?'
नेपाल आमा खोल्छिन् मुठी मेरो रचनामा

कागज मसी खेत बारी फल्दै सय मुरी
कलम बनोस् साझे गुठी मेरो रचनामा ।

बुद्धि मोक्तान 
२०११/०६/१४

Sunday, June 5, 2011

स्वाभिमानी नेतृत्वको आस्थालाई ढलाउनु हुन्न

"मेरो सहभागिता त्यसको लागि, जस्ले /जहाँ नेपाली गजलको इतिहासमा नयाँ आयाम भित्र्याउदैछ/भित्रिन्दैछ !!!"

गजल: प्रभा आचार्य
मिसरा: स्वाभिमानी नेतृत्वको आस्थालाई ढलाउनु हुन्न
काफिया: ढलाउनु
रदिफ: हुन्न
गजल

दाजु सग भाइ लडी दुस्मनता फलाउनु हुन्न
कस्को जय हुन्छ फेरि हतियार चलाउनु हुन्न

रगतको मुल्यलाई साक्षी राखी साहषले भर्दै
सन्ततीको भाग्य फल्ने अवसर छलाउनु हुन्न

बीरताको गाथाबोकी उदाएको नाताफेर्छु भन्दै
सदभावले कोरिएको इतिहास जलाउनु हुन्न

कर्म प्रिय भुमिमाथी शान्तिप्रिय हाम्ले बिझ रोप्न
पौरखीला हात पाउ खुम्च्याउदै गलाउनु हुन्न

चाहाना त्यो जनताको गणत्तन्त्र देशै भरी हेर्ने
स्वाभिमानी नेतृत्वको आस्थालाई ढलाउनु हुन्न

Tuesday, May 24, 2011

बलेपछि के को चासो

घायलको तरही मुसायरा -११

संगै बाँच्ने आस्था मेरो ढलेपछि के को चासो
निभ्नु थियो मनको आगो बलेपछि के को चासो

भै गो अब आत धरै मैले किन दुखाउनु
आत संगै साथ हरु छलेपछि के को चासो

आफ्नो ठानी कति मैले स्थीर भइ बस भने
बाटो मोडी अन्त कतै चलेपछि के को चासो

साँचो प्रेम हामी माथी सल्किन्दैन राँको भन्थी
फुस्स फुस्स भित्री कुना जलेपछि के को चासो

भुल्नै निको ठाने मैले वर्ग तिनी अनुजा की
आँशु बगी पिडा हरु गलेपछि के को चासो

बुद्धि मोक्तान
२०११/०५/२५
     

Saturday, May 7, 2011

तरही मुसायरा -९
गजल: आनन्द श्रेष्ठ 
मिसरा: मुटुभित्र उर्लिएको छाल थाहा पाउँ

गजल: बुद्धि मोक्तान
बाजा बज्ने मंसिरको साल थाहा पाउँ
कुरी बस्ने कुमारीको चाल थाहा पाउँ

कस्ती होली मेरी रानी कल्पिदिदा मैले  
वक्ष बाहु ओठ पाउ डाल थाहा पाउँ

सम्झि दिदा रुप रङ्ग घुट्कन्छ यो मन
चुम्न मिल्ने सबै अङ्ग बाल थाहा पाउँ

भयो मुगा पुग्यो पन्ना दाइजोका चिज 
नारीत्वकी लक्ष्मी पूज्य थाल थाहा पाउँ

मेरो जस्तै खुल्दुली त्यो उस्मा पनि होला
मुटु भित्र उर्लिएको छाल थाहा पाउँ   

२०११/०५/०७

Saturday, April 30, 2011

संबिधान लेख्ने मिती

घायलको तरही मुसायरा -८
ज्ञान बुद्धि नयाँ चिज देशै भरि छर नेता
जनता साथ हुन्जेल किन मान्छौ डर नेता

राजनीति त्यस्तै त हो सत्ता माथी जानु पर्छ
नपुगे नी ठीकै छ नी आफ्नै बस्ती झर नेता ।

गाली मात्र छैन पो त ताली पनि तिम्रै न हो
जनताकै मन जित्ने त्यस्तो काम गर नेता ।

देश तान्छौ दुर-दर्शी सु-बुद्धिले अघि भन्ने
बिस्वासको ठूलै दीप गरेकाछौ भर नेता ।

हुन्छ गर्छौ भन्ने अठोट् कहाँनिर चुक्यो कुन्नी!
संबिधान लेख्ने मिती किन सार्छौ पर नेता ?

Thursday, April 21, 2011

घायलको तरही मुसयराको बिभिन्न श्रिङ्खलाहरुमा लेखिएका गजलहरु

घायलको तरही मुसायरा -६

मिसरा: मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो
काफिया: खार्ने
रदिफ: गजल अब लेख्दिन भो
लय: मुग्लानीको /पीडा खार्ने //गजल अब /लेख्दिन भो
४+४+४+४=१६
 -----------+++----------------
आफ्नै आँशु आफै झार्ने गजल अब लेख्दिन भो
हाँसो खुशी टाढा पार्ने गजल अब लेख्दिन भो 

मैले आँशु देखाउदैमा कस्ले भन्छ काठैबरा !
मेरै खुशी डेरा सार्ने गजल अब लेख्दिन भो

देश बिदेश् जहाँ पनि पौरखीको  लेख्छु बरु  
आँशु बेची छाक टार्ने गजल अब लेख्दिन भो

प्रीत जुर्ने गीत लेख्छु धन्दा सकि प्रदेशमा
मुग्लानीको पीडा खार्ने गजल अब लेख्दिन भो

मुग्लानी हुँ भए पनि देश को छ माया धरै 
स्वादेशको 'योद्धा' मार्ने गजल अब लेख्दिन भो


घायलको तरही मुसायरा -५


मिसरा: पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी
काफिया: झुक्नुहुन्न
रदिफ: अब नारी
पुराना ती /संस्कारमै /झुक्नुहुन्न /अब नारी
लय: ४+४+४+४=१६



क्रान्ती भन्दै कुरा मात्र भुक्नुहुन्न अब नारी
बिर्सी दिदै साडी चोली फुक्नुहुन्न अब नारी

जोगाउनु धर्म रीतिभन्दै चुप बस्दा पनि
गुम्छ फेरि अवसर लुक्नुहुन्न अब नारी

बर्ष भरि भेल चल्दा हुन्न फल सिर्जनाको  
भन्दा पनि औसी पुर्णे सुक्नुहुन्न अब नारी

आए कै हो दिन अब प्रगतीको बाटो लाग्ने 
पुराना ती संस्कारमै झुक्नुहुन्न अब नारी 

दुइ दानामा किन मख्ख? बाटो छेक्छ मिठाइ
ठोकी बिर्को "बुद्धी" माथी चुक्नुहुन्न अब नारी


घायलको तरही मुसायरा -4

नयनका सयौ प्याला सुकाएर रुन्न आमा
पाखा हाँसो भित्र पिडा लुकाएर रुन्न आमा ।। 

पसिनामा पौरख् साट्छु प्रगतिले तिम्रा लागि
बिना कर्म हातहरु दुखाएर रुन्न आमा ।।

यो छोराको  बाचा सम्झ जीत लान्छ धरै माथी  
हार बोकी तिम्रो शान थुकाएर रुन्न आमा ।।

साहषीकी सुपुत्र हुँ ममताले जन्माएकी 
उही माथ कसै सामु झुकाएर रुन्न आमा ।।

हाँसो सधैं संगै राख्छु जान  दिन्न कतै पनि
यो मनको पीर ब्यथा फुकाएर रुन्न आमा ।।