Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

Thursday, April 2, 2015

संम्झे पुग्छ


साँझ पख कोइली बास बस्दा संम्झे पुग्छ
चैत्र मास पिपल पात खस्दा संम्झे पुग्छ

Tuesday, March 10, 2015

कहाँ लुकिन मेरी माया

कहाँ लुकिन मेरी माया कुहिरोले छेक्ने गरी
खोजी गर्दा आसु झर्‍यो दुनियाँले देख्ने गरी
सँगै यात्रा गर्ने थियो सम्झौता चै हामी बीच
एक्लै लडेँ सडक माझ वटुवाले टेक्ने गरी
सगर जस्तै डड्यो छाती बिछोडमा चोटको बेला
नूनचुक छर्‍यो पिरतीले आलो घाउ सेक्ने गरी
म त थाकी लडेँ मरेँ अरु पनि थाक्लान पक्कै
आऊ तिमी मलामी भै मेरो लास खेप्ने गरी
याद आए पुगी हेर्नु हामी भेट्ने चौतारीमा
छोडेको छु शीला-ढुंगा मेरै नाम लेख्ने गरी

मेरो जून बादलुमा

मेरो जून बादलुमा छोपिएर हरायो कि....!!
झुल्की आउँदा क्षितिजैमा रोकिएर हरायो कि..!!
यादको आँधी देखा पर्छ परेलीमा रुपा रारा
आज ऱारा गह भरी पोखिएर हरायो कि....!!
न त सर्र्यो बेर्ना गाभा न त फुल्यो प्रीतको फूल
फूलको अभाव कलेजी मै रोपिएर हरायो कि...!!
तिम्रो नाम छाती भित्र राखेको छु भन्ने थिए
सायद त्यो नाम ढुंगा माथी खोपिएर हरायो कि ..!!

रोल्पा रोयो रुकुम रोयो

रोल्पा रोयो रुकुम रोयो रोयो दुनै माडी खारा
रसिदै थे किन सुके संबिधानका सबै धारा
प्रगतिले फड्को मारी चन्द्र छोइ हाँस्ने बेला
आँसु भित्रै पौडिदैछन हुम्ला जुम्ला सोलु बारा
न्याय कानुन सुख शान्ति दिने बाचा खेर जादा
बाचा गर्ने ढुक्कै हिड्छ लाज मान्छन ध्रुब तारा
भोली जगत भन्छ भनी उस्ले रगत दिए पनि
उस्तै समाज हुनु रैछ ब्यर्थै मरे मेरा प्यारा
कुसन्तानका हातमा परि मातृभूमी बेचे भने
अस्तित्व म खोजि आउला,बताई देउ है रुपा रारा

जीवन हाँक्न चल्छ मुटु,


जीवन हाँक्न चल्छ मुटु, कहाँ पुगी रोकिन्छ यो ।
जब धड्कन चल्न छोड्छ, तब जिब्रो टोकिन्छ यो।

Thursday, October 16, 2014

दाउ छ धेरै

मेरो मनमा बस्ने खोज्ने दुनियाँको दाउ छ धेरै
जो आए नि बस्न दिन्छु बस्नलाई ठाउँ छ धेरै

Monday, October 13, 2014

सपनी मै देउसी भैलो

सपनी मै  देउसी भैलो बोलेँ जस्तो लाग्यो
बास्ना छैन तैपनि सेल पोलेँ जस्तो लाग्यो

Saturday, October 4, 2014

देवता आफै बोल्ने मन्दिर



देवता आफै बोल्ने मन्दिर,भेटिएन आज सम्म,
ढुंङ्गा पूज्ने ईच्छा फेरी,मेटिएन आज सम्म

Sunday, December 15, 2013

बिना माया तुर्दा खेरी

लाखौ कुरा मनमा खेल्यो बैगुनीलाई कुर्दा खेरी  
वियोग को गजल बन्यो त्यति बेलै फुर्दा खेरी 

Sunday, August 18, 2013

दैब कतै देखिएन

दैब कतै देखिएन, यती उमेर टाढा हुँदा पनि ।।
कस्ले सुन्यो मेरो कुरा, मन्दिरमा रुदा पनि ।।

यो मनको पीडा छल्न, मठ मन्दिर् पुगेको थेँ ।
ब्यथा झनै बढ्यो बरु, सुनकै मुर्ती छुदा पनि ।।

 

कर्मै उस्तो हो कि भनी, फेर्न खोजेँ सैंयौ पल्ट ।
गएन खै आफ्नो भाग्य, आँसु झारी धुदा पनि ।।

मान्छे बन्नु दु:ख भित्र ,यस्तै भयो मेरो जीवन ।
चोट लाग्यो बह पोखे, ऐजन् अरु बुँदा पनि ।।

सार सिद्ध मान्छु जीवन, रोइ रोइ मरेँ म त ।
कोही हुन्न अजम्बरी, हाँसी हाँसी ज्यूँदा पनि ।।

बेजोड थ्यो बुद्धि त

 बेजोड थ्यो बुद्धि त,बलै पो पुगेन ।।
ढल्यो यो जिन्दगी, मलै पो पुगेन ।।

राहत बाड्दै थ्यो,ढुकुटी रित्याई
माथिलाई ठीकै भो,तलै पो पुगेन ।।

Tuesday, May 28, 2013

कहाँ हुन्छ

पाखा हाँसो भित्र पीडा, लुकाएर कहाँ हुन्छ ?
प्रतिष्ठाको हाम्रो सान, झुकाएर कहाँ हुन्छ ?
 

Wednesday, April 17, 2013

Friday, April 5, 2013

तर्के जस्तो गर्‍यौ ।

सामु पर्दा नचिनेर, तर्के जस्तो गर्‍यौ ।
पर पुगी सम्झी फेरी, फर्के जस्तो गर्‍यौ ।

Saturday, March 16, 2013

खुशी कै छ गीत गजल

खुशी कै छ गीत गजल, खुशी कै छ कथा पनि
मेरो जस्तै खबर होस् है, साथी तिम्रो त्यता पनि।

हाँसेकै छु बाँचेकै छु, खुशी भरी नाचे कै छु ..
त्यै खुशी मा भुली दिएँ, पीर मर्का ब्यथा पनि
मेरो जस्तै खबर होस् है, साथी तिम्रो त्यता पनि ।

ताजा खबर भन्छु यहाँ', काफल पाक्यो गाउघरमा'
मुग्लान चरी घर फर्के, हाम्रै दाजु जेठा पनि
मेरो जस्तै खबर होस् है, साथी तिम्रो त्यता पनि।

कालो दिन भोगेका हौ, द्धन्द थियो हामी माझ
सद-भाव फर्क्यो आज, हिमाल तराइ जता पनि ।
मेरो जस्तै खबर होस् है, साथी तिम्रो त्यता पनि।

पन्ना मुगा दौलत जोडी, सुख मिल्छ भनेँ तर,
खुशी रै छ ठूलो घर, आफ्नै भन्ने जेथा पनि
मेरो जस्तै खबर होस् है, साथी तिम्रो त्यता पनि।

- बुद्धि मोक्तान

Tuesday, March 12, 2013

पहिले कतै लुकेर पिएँ।


पहिले कतै लुकेर पिएँ।
अहिले जीउँ दुखेर पिएँ।

एकताको लहरा मै,



एकताको लहरा मै, फलेका छौ तार्लाङ्तुर्लुङ ।
जातीजाती द्धन्द भइ,खस्नु हुन्न खार्लाम्खुर्लुम।