तीर्थ औसीको दिन,
मैले एक अङ्गालो एक भारी
एक डोको एक कोक्रो सन्देश
उनीप्रति,
सन्देह गरेको थिए
सप्रेष्ण गरेको थिए
बदलामा,
एक पसर चिनीसंग
एक बुझो जहुँको सातु
पोल्टाबाट झिक्दै
लहरै बसेका दरिद्र
स्वाच्न्द ममता पवित्रले
हातै हातमा सयौ चुर्की बाँडेर
मान्छेका मनै मनमा
भुराहरुका मनै मनमा
सु-शोभित शालीन
पाखाभरी धर्तीभरी
बास गरेछिन् ।
सकिन्दै गरेको चैते हुरीलाइ मैले एक अङ्गालो एक भारी
एक डोको एक कोक्रो सन्देश
उनीप्रति,
सन्देह गरेको थिए
सप्रेष्ण गरेको थिए
बदलामा,
एक पसर चिनीसंग
एक बुझो जहुँको सातु
पोल्टाबाट झिक्दै
लहरै बसेका दरिद्र
स्वाच्न्द ममता पवित्रले
हातै हातमा सयौ चुर्की बाँडेर
मान्छेका मनै मनमा
भुराहरुका मनै मनमा
सु-शोभित शालीन
पाखाभरी धर्तीभरी
बास गरेछिन् ।
एक कद पछाडि धकेलेर
चट्टानका बेर्नाहरु छिचोल्दै
पहाड्का जराहरु उखेल्दै
दुस्मन र बैरीका कर्तालहरु
सयौ कोष पर धकेल्दै
सु-शोभित शालिन
फरियामा लुटपुटिन
फुलेको केशमा रङ्ग भर्न
नेप्थ्यबाट चिहाइरहेकोछु ।
प्याला सुकेका नयन
चाउरीएका मुहार
दुखेको पेट ,
सुकेको छाती.....
चाउरीएका मुहार
दुखेको पेट ,
सुकेको छाती.....
हो यस्तै यस्तै क्रमस....
तर ,
डराउनु पर्दैन मेरी आमा !
तिमी भोकै हुदिनौ
मैले कटुस सग सम्झौता गरेको छु,
तिमी नाङ्गै हुदिनौ
लोक्ताका रेशासग सम्झौता गरेको छु
तिमी फुस्रै हुदिनौ
खोल्मे र खराने सग सम्झौता गरेको छु
दुर-दर्शी सम्झौताका प्रतिपादक!
बुद्धि मोक्तान!
तिम्रा सपनाका सपुत!
आस्थाको धरोहरा,
बिस्वासको आधारशिला ...
तर ,
डराउनु पर्दैन मेरी आमा !
तिमी भोकै हुदिनौ
मैले कटुस सग सम्झौता गरेको छु,
तिमी नाङ्गै हुदिनौ
लोक्ताका रेशासग सम्झौता गरेको छु
तिमी फुस्रै हुदिनौ
खोल्मे र खराने सग सम्झौता गरेको छु
दुर-दर्शी सम्झौताका प्रतिपादक!
बुद्धि मोक्तान!
तिम्रा सपनाका सपुत!
आस्थाको धरोहरा,
बिस्वासको आधारशिला ...
मेरो कान्छा!
के खायो ?
के लायो ?
के गर्यो ?
तिमी टोलाउछौ
तिमी बोलाउछौ
अनी ,
तिमी निगुरोका कुरा गर्छौ,
म निगुरोका उत्पती पैल्याउन निस्केकोछु,
निगुरोका स्पोरसग
सिस्नुको जरालाई
पराग्शेचन गराउदैछु।
तिमी नालापानीको कुरा गर्छौ
म कालापानीको सुरक्षामा निस्केको छु।
तिमी हिट्लरको कुरा गर्छौ
म जङ्गे पिल्लरको प्रतिरक्षाममा जुटेकोछु।
त्यसै त कालो रात्
त्यसै त औशी
त्यो बादल ढाकेको सुरजलाई
धर्तीभरी पोखेर
भुइ कुहिरो पन्छाउदै
कटुस, लोक्ता, खोल्मे र खरानेको
सन्चित भण्डारमा
अद्ब्य साहष बटुली
क्षितिजपारी
हाँसी रहे छिन मेरी आमा !
त्यसै त औशी
त्यो बादल ढाकेको सुरजलाई
धर्तीभरी पोखेर
भुइ कुहिरो पन्छाउदै
कटुस, लोक्ता, खोल्मे र खरानेको
सन्चित भण्डारमा
अद्ब्य साहष बटुली
क्षितिजपारी
हाँसी रहे छिन मेरी आमा !
No comments:
Post a Comment