बर्षा याम गैरी खेत आली मन पराएँ
मङ्सिरमा टन्न दाना बाली मन पराएँ
छुपु छुपु बिउ रोप्ने मेरी मनकी रोपार
छ्यापे हिलो बदलामा गाली मन पराएँ
घुम ओढी लुकाएकी निर्मम चिर्ने अधर
भरिनुथ्यो सिउदो मैले खाली मन पराएँ
मङ्सिरमा टन्न दाना बाली मन पराएँ
छुपु छुपु बिउ रोप्ने मेरी मनकी रोपार
छ्यापे हिलो बदलामा गाली मन पराएँ
घुम ओढी लुकाएकी निर्मम चिर्ने अधर
भरिनुथ्यो सिउदो मैले खाली मन पराएँ
ताना तान चले पछि हिलै भयो शरीर
खले गरो रङ्ग मन्च ताली मन पराएँ
हिलो छ्यापी सझिएको पुज्य मेरो प्रतिमा
'बुद्धि'मता रोपारकी थाली मन पराएँ
No comments:
Post a Comment