Saturday, July 2, 2011

मुटु भित्र मायाँ बोकी

मुटु भित्र मायाँ बोकी जानु हुन्न थियो
पच्न गार्हो प्रेम पिण्ड खानु हुन्न थियो।। 

हुन्न मैले भनेकै थे समाजले देख्छ
हात छोइ एकान्तमा लानु हुन्न थियो ।। 

दक्ष प्रेमी साथ दिन  मैले आटे पछि
दोबाटोमा कुर्दा पनि सानु हुन्न थियो ।। 

चाह कस्को हुन्छ फेरि मुटु भित्र बिज्न
बिझे पछि दुख्छ धेरै तान्नु हुन्न थियो।। 

बैश मेरो चोखो हुँदा दृष्‍टि पर्‍यो तिम्रो
नहेरिदा के हुन्थ्यो र कानु हुन्न थियो ।।

[कानु -काँनो/]
-बुद्धि मोक्तान  

No comments:

Post a Comment