Saturday, July 2, 2011

थुँगा कस्ले लियो होला


सुवासिलो ताजा बाग कहाँनेर थियो होला 
मैले लिने थुँगा थुँगा फेरि कस्ले लियो होला

आशा मारी बस्ने गर्छु आज एक्लै एकान्तमा 
आफ्नो मुटु आफै भित्र आँशु झर्दा खियो होला


चिनाजानी पछि चिनो उस्ले औठी दिने बेला
देवताकै रुप तिमी भन्दै थुँगा दियो होला


अंगालोमा बाँधिएर प्रित हरु बर्साउदै
थुँगा चुमी मिठो रस गोधुलीमा पियो होला


अङ्ग भङ्ग स्त्रीकेशर गर्वासय तोडी तोडी
जति केस्रा च्याते पनि खुशी हुँदै सियो होला

No comments:

Post a Comment