अतृप्त तृष्णा तिखारी गयो ।
जवानी हेरी बिचारी गयो ।
उ हान्दो रैछ प्यासको बाण
नमर्दा पंक्षी धिकारी गयो ।
माग्दैथ्यो ज्यान दिइन तर
फर्केर थुक्दै भिखारी गयो ।
जवानी प्वाख उम्रेको बेला
जोगिए धन्न शिकारी गयो ।
ठीकैछु आज दुनियाँ सामु
लाग्दैन त्यस्तो चिनारी गयो ।
No comments:
Post a Comment