कबिता -' खोज '
भूगोलमा किन खोज्छौ मलाई,
भावनामा खोज
गुगल सर्चमा, समय खर्चेर
अल्कचिएका तिम्रा नयन
पर क्षितिज सम्म, टोलाउदा हुन
खोजीमा हिंडेका तिम्रा पाइला
उत्साहका हत्केला
अन्त त ,रित्तै फर्किदा
उमंङ्गमा ह्रास आउँला
बरु,
निरुत्साही हुनुको बादला
हामी भेट्ने चौतारीमा जाउ
जहाँ एउटा शीला ढुङ्गा छोडेको थिएँ
शायद,
मेरै नाम खोपिएको होला
जब तिमीलाई त्यहाँ कुनै,
तीथि र मितिको ज्ञात हुन्छ
तिमी नरुनु
गाजलको अस्तित्व
आँसु संगै मेटिनु होइन ।
चेरी फुल्ने बेला म
लाली गुराँससंग हुन्छु
आरु फुल्ने बेला म
बुकी र बाबरीसंग हुन्छु
साकुराले बैश छर्ने बेला म
सुनाखरीसंग हुन्छु
अनी
मिसिसिपी र अमेजन नदीको पानी छुदा
आफ्नै गन्हाउने
वाग्मती र बिष्णुमती किनारमा हुन्छु
पूर्वको च्याङथापु र पश्चिमको चाँदनीले
घेरेको परीधी मात्र,
कहाँ हो र देश !
देश अब
भूगोलमा होइन
भावनामा खोज्नु पर्छ
भावनामा हुन्छ देश
र त
म कहिल्यै रुँदिन
तिमी पनि नरुनु
आँखाको अस्तित्व
क्षितिज भन्दा परबाट
सधैं सगरमाथाको उचाइ नियाल्नु हो
दत्त चित्त भावनाले
स्वाभिमानको उचाइ ठड्याउनु हो
बुद्धि मोक्तान
चाँगे -३,ताप्लेजुङ
भूगोलमा किन खोज्छौ मलाई,
भावनामा खोज
गुगल सर्चमा, समय खर्चेर
अल्कचिएका तिम्रा नयन
पर क्षितिज सम्म, टोलाउदा हुन
खोजीमा हिंडेका तिम्रा पाइला
उत्साहका हत्केला
अन्त त ,रित्तै फर्किदा
उमंङ्गमा ह्रास आउँला
बरु,
निरुत्साही हुनुको बादला
हामी भेट्ने चौतारीमा जाउ
जहाँ एउटा शीला ढुङ्गा छोडेको थिएँ
शायद,
मेरै नाम खोपिएको होला
जब तिमीलाई त्यहाँ कुनै,
तीथि र मितिको ज्ञात हुन्छ
तिमी नरुनु
गाजलको अस्तित्व
आँसु संगै मेटिनु होइन ।
चेरी फुल्ने बेला म
लाली गुराँससंग हुन्छु
आरु फुल्ने बेला म
बुकी र बाबरीसंग हुन्छु
साकुराले बैश छर्ने बेला म
सुनाखरीसंग हुन्छु
अनी
मिसिसिपी र अमेजन नदीको पानी छुदा
आफ्नै गन्हाउने
वाग्मती र बिष्णुमती किनारमा हुन्छु
पूर्वको च्याङथापु र पश्चिमको चाँदनीले
घेरेको परीधी मात्र,
कहाँ हो र देश !
देश अब
भूगोलमा होइन
भावनामा खोज्नु पर्छ
भावनामा हुन्छ देश
र त
म कहिल्यै रुँदिन
तिमी पनि नरुनु
आँखाको अस्तित्व
क्षितिज भन्दा परबाट
सधैं सगरमाथाको उचाइ नियाल्नु हो
दत्त चित्त भावनाले
स्वाभिमानको उचाइ ठड्याउनु हो
बुद्धि मोक्तान
चाँगे -३,ताप्लेजुङ
No comments:
Post a Comment