Sunday, November 7, 2010

गजल :- बारीतिरै कुयो होला"

"बारीतिरै कुयो होला"


सम्झिएर मखमली, मेरो मन रुयो होला

बेखबरमा चेलीहरु ,आँशु पनि चुयो होला ।

चिमल गुरास फुल्नु अघि बाटो लाग्छु भन्थ्ये

आज फुले मखमली तिहारले छुयो होला ।

सयपत्रीको के काम अब लाउने मान्छे मुङ्लान

फक्री फुली ओलीएर बारीतिरै कुयो होला ।

पेलिन्दैछु कामै कामले गाउमा तिहार आउँदा

भावनाको सप्तरङ्गी पसिनाले धुयो होला ।

निरसताले मेरी चेली मौनतामा बसिन

भाई पुज्ने उनको आशा फेरि पनि तुयो होला

No comments:

Post a Comment