बहिनीले दोबाटो हेरि छ
आँशुले कलश फेरि छ ।
तस्बिर अगाडी राखेर
फर्कने समय केरी छ ।
ओखर फोरेर शत्रुको नाश
दाजुको तस्बिर घेरी छ
दुई हातले माला उचाली
उनैको तस्बिर हेरी छ
तस्बिरको मान्छे बोल्यो रे
फर्किने समय खेरी छ
अर्कोसाल तिहार सम्झदै
फुकेको त्यो मन बेरी छ ।
No comments:
Post a Comment