सम्झनालाई पठाको छु मेरो तस्बिर हेरी राख
तिम्रो माया हो की होईन बरम्बार केरी राख ।
एक हातले तस्बिर समाइ अर्कोले प्याट कुट
कुचिन्छ की जतन गरी सिरानीमा फेरि राख ।
प्रतिमाको आभाशले तिम्रो प्यास मेटोस बरु
सगै सुताउ निदरीमा पोल्टाभित्रै बेरी राख ।
प्रभातको शित सगै तिमीले बाहिर जानु पर्दा
पवन छिरी उडाउछ की पछ्यौराले घेरी राख ।
उपहार लिइ गोधुलीमा जुनसगै फर्किन्छौ नी
रातो गुलाफ मेरो हातमा अरुलाई चेरी राख।
No comments:
Post a Comment