Saturday, January 15, 2011

-प्रकृतिले लुगा खोल्यो

प्रकृतिले लुगा खोल्यो, न्यानो तातो लाउ है छोरा
अगेनीमा बसेकी छु , राप सेक्न आउ है छोरा

गरीबीको सिरक डस्ना, भयो एउटै अगेना
रापसगै ताप लिन ,काखतीर छाउ है छोरा

मेरो कान्छा सानै देख्थे, आज भयो परदेशी
उराठिला बगरमा ,रास्ट्र लोक गाउ है छोरा

ब्रमाण्डको रीत यस्तै, ऋतुहरु आउँदा जादा
बसन्तमा नबिर्सी ,मेरो दर्शन पाउ है छोरा

हरियाली आउछ कान्छा, पझरमा मन बाधे
प्रकृतिमा लुगा भर्छ ,खेतबारी साउ है छोरा

No comments:

Post a Comment