Wednesday, January 19, 2011

गजल- "प्रेम पत्र स्विकारेर"

"प्रेम पत्र स्विकारेर"

प्रेम पत्र स्विकारेर,  उतर लेख्दैछु माया
भविश्य जीवनको ,तिमीसग देख्दैछु माया ।


स्वाभिमान र महानताको अध्याय दर्शाउदै
सामिप्यमा, नेपथ्यबाट पाइला टेक्दैछु माया ।


आत्मासमर्पण गर्दिन फाली प्रेम हतियार
आइपर्ने मुढभेट, बिवेकले छेक्दैछु माया ।


छित्को सारीमा घुन्टो ओढी धपक्कै रुप बल्दा
बैभवताको थुगा तिमी हल्केलामा थेग्दैछु माया ।


सझिएको आगनमा अग्नी होमले ड्म्फु बज्दा
जीवनको अमरत्व, तिमीसग सेक्दैछु माया ।

No comments:

Post a Comment