सरल्ङ्ग सुकेको रुख
बनस्पती र ब्रिक्ष
न यसमा पात छ
न यसमा जात छ
यहाँ प्रकृतिले लुगा सुकाउदा
यहाँ प्रकृतिले लुगा फुकाउदा ।
स्तभ्ध हवाङ नदी
उराठ लाग्दो सडक बाटो
खुइलिएका पाखाहरु
ताच्छिएका भिताहरु
टाउको फुट्ने ठिही
ओठ फुट्ने सिरेटो
सामुन्द्रिक चन्चल वायु
कपास फुलाउने वातावरण
कठै यो मेरो मन !
यहा प्रकृतिले लुगा फुकाउदा
यहाँ प्रकृतिले लुगा सुकाउदा ।
मान्छेहरुलाई लाज लाग्दो रहेछ
मान्छेहरुलाई सरम लाग्दोरहेछ
प्रकृतिले लुगा फुकाउदा
र पो मुख छोप्दा रहेछन गल्बन्दीले
जाडो भयो रे .....!
तर मलाइ के जाडो के गर्मी
म पनि प्रकृति जस्तै
नाङ्गै मेरी आमाको
कोखबाट जन्मेको हुँ
आएको हुँ ओर्लिएको हुँ
लुगा त धरै पछि
भौतीक मान्छेहरुले
जबरजस्ती भिराइदिएका हुन ।
मेरो तिन्जुरे खै त लाली गुरास?
मेरो राजापुर खै त कासेघारी ?
मेरो घनघस्य ,मेरो स्वर्गद्वारी
कति उराठ कति नाङ्गो
न छ यहाँ चिलाउने, उतिस
न त मालिङ्गो,
आमा भन्छिन,"कठै मेरो कान्छा! यो जाडोमा"
यहाँ प्रकृतिले लुगा सुकाउदा
यहाँ प्रकृतिले लुगा फुकाउदा ।
मलाई सउल पार्कको सिङगार पर्दैन,
बेबिलोनको बाग चाहिन्दैन
ओशन पार्क र एभरर्ग्रिन बगैचा पर्दैन
ओपेराहाउसको क्रितिमता चाहिन्दैन
गमलामा मुस्कुरानुने क्याकटस पर्दैन..........!
म त उराठिलो लुगा खोलेको प्रक्रितीसग
मित लाउछु ,रमाउछु
अनी
ओलाङ्चुङगोलाको भिरबाट
उस्का पुस्ट बक्ष सेता कुम्भकर्ण नियाल्छु
मकालु देख्छु,
मानौ यी प्रक्रितीका लोभ्याउने दन्त हुन ।
प्रकृति पुरै लुगा खोल,
उराठ लाग्दो पाखामा
को सुसेली हाल्दोरहेछ- म हेर्छु
कस्ले सडक पेटी बस बिसौनी
राजमार्गमा रेल स्टेसन र
हिउ ढाकेका बाटाका
ढाकर र तोक्मासग
मितेरी लाउदो रहेछ -म हेर्छु ।
प्रकृतिले लुगा खोल्ने बेला
शित रुवा फल्ने बेला
धनी मान्छेको आत गल्ने बेला
हुने खाने तातो बोइलर....
सिरक ...डस्ना ....अनी न्यानो महल...
फेरि उही बेला ,
जाडोले कठाङ्गिएका मान्छेहरु,
गरिबहरु ....निमुखा ...अनी असहायहरु
म उनिहरुको आत्मा छाम्न सक्छु ,
साचो जीवन् चिन्न सक्छु
साचो माया दिन सक्छु
एक दर्सो धागो बिनाको लोग्ने!
एक टालो बिनाको स्वास्नी !
निवस्र स्वातन्त्र जिन्दगी ...
नजिकबाट जिउन सक्छु
धन्य प्रकृति !
धनीलाई बैस छर्न होईन
हुनेलाई जवानी चर्न होईन
मृत्युको मुखबाट फर्केकी
पुन:जन्म पाएकी
मेरि दिदिले जीवनको अनुभुत गर्नु छ
ब्रमाण्ड निरन्तरताको लागि
चाडै लुगा लगाइ देउ है प्रकृति!
मैले पनि बैश छर्नै बाकी छ ।
-बुद्धि मोक्तान
ताप्लेजुङ
दक्षिण कोरिया
No comments:
Post a Comment