Saturday, January 15, 2011

"भाग बण्डा"

गंगा टिस्टा अरुलाई नै कोशी भए हुन्छ मलाइ
सत्य सोजी अरुलाईनै दोषी भए हुन्छ मलाइ ।


भाग बण्डा लाउदैछु म राम्रो नरम छानी लिनु
थाली गाग्री अरुलाई नै फोसी भए हुन्छ मलाइ ।


जिन्दगीको किनार पनि साह्रै लामो रैछ साँहिला
सेती-माइ  अरुलाई नै रोशी भए हुन्छ मलाइ ।


इच्छा सगै त्यो मन भित्र तिश्णा जागोस प्रगतीको
क्रान्ती-कारी अरुलाई नै जोशी भए हुन्छ मलाइ ।


राम्रा सबै मेरो भन्ने मुर्खहरुमा आओस "बुद्धि"
धुर्त चलाख अरुलाई नै होशी भए हुन्छ मलाई ।

No comments:

Post a Comment