गाउमा काफल पाक्यो अरे,सम्झी मन भुलाएको
हिजै जस्तो लाग्छ उनीलाई ,फेदतिर डुलाएको ।
काफल टिप्न माथी चढे उनी तल बसी हेर्थिन
भुल्नै गाह्रो त्यो क्षण हाम्रो,मैले दाना खुलाएको ।
मिठास छ काफलमा आतको प्यास पुरै मेट्यो
एकै दान दुबै मुखमा अल्टाइ पल्टाइ घुलाएको ।
काफल सगै सुरु हुन्छ जिन्दगीको यात्रा हाम्रो
झाडी नजिक एकान्तमा ,मायाप्रिती चुलाएको ।
जवानीकी रुपवती डाकिन त्यहा काफल पाक्दा
दाना पिलाई उनको पेट ,मैले नै हो फुलाएको ।
No comments:
Post a Comment