Saturday, February 19, 2011
म भित्रका खुशीहरु,
म भित्रका खुशीहरु, ....
एउटा प्रकृति
एउटा सहिशणुता
एउटा वातस्यलता
अनी एउटा जीवन दर्शन।
मेरा प्रक्रितीका भिताहरु, कठै !
मालिङ्गो घारी, तोरी बारी,
रानीबन भित्रका ,
जीवन बिताउने चौतारी
कहीले लेकाली यौवन,
कहीले बेशीमा बयली खेल्दै
बिछट्ट छ जीवन ..
म भित्रका खुशीहरु....
कस्तो अनुपम सहिशणुता!
एक अङ्गालोले पालमले
लिम्बुनी दिदी जिस्क्याउछिन
डोल्माको सेलो मिश्रित नयनमा
तिश्णाको भरपुर आभाश छ
पोखेरल दिदीको रत्त्यौलीका राग
शिलोक र मालशीरी
देउडा र चण्डी
ए ! मान्छे हो आओन आओ
एक छिन्
मेरो खुशी लुट्न ,
मेरो सन्दर्य बाडीचुडी लिन
अनी भरपुर खुशी जीवनको अनुभुत गर्न ।
म भित्रका खुशीहरु.....
बाबाको -आशिर्बाद
आमाको -वातस्यलता
दाजुको -प्यार
दिदीको -स्नेह
अनी अक्षुण मायालुका मायाहरु
बैचारिक एकताको हाम्रो घर
बैभवताको सुन्दर संसार ।
म भित्रको खुशी.....
स्वातन्त्र मेरो जीवन
अब एक पल्ट
पल्टाएर हेर- बसन्तको उल्लाश छ
चलाएर हेर -तीश्णाको मधुमाश छ
छोएर हेर -शुनगाभाको सुबास छ
अनी पढेर हेर -यथाथ जीवन,
गास बास ,कपासको आवश छ
मेरो खुशी ...
निरन्तर निद्रावती जस्तै....
अक्षिण कन्चन्जघा जस्तै ....
अभुतपुर्ण जीत जस्तै......
-बुद्धी मोक्तान
ताप्लेजुङ्
Labels:
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment