Sunday, February 20, 2011


गजल


तिमीले खाने मैले खाने चारो एउटै हो

अछुत किन भन्छौ मलाई धारो एउटै हो ।

रगत तिम्रो सेतो भए मेरो भन्नु छैन

केशीकामा बग्ने कणको पारो एउटै हो ।

महल तिम्रो बास होला झुपडी चै मेरो

हुरी बतास छेल्छ यस्ले गारो एउटै हो ।

नजर सबै  राम्रो भए छैन जातभात

फर्क माथी हेरौ आकाश तारो एउटै हो ।

जीवन जल्छ एक दिन बाच्दा बाडौ माया

मृत्‍यु पछी पोल्ने काठको  घारो एउटै हो ।

-बुद्धी मोक्तान

ताप्लेजुङ,
दक्षिण कोरिया


No comments:

Post a Comment