यसपालीको झरी छेल्न छाउदैछु छानो राजा !
पसिनाको कमाइ तिम्रो पाउदैछु मानो राजा !
सोधिरहेछौ हाल त्यहाँ के छ भन्दै कोपिलाको,
ठुलो स्कुल जान थाल्यो पाउदैछु सानो राजा !
तोरी फापर फल्न छाड्यो बिरौटे नी बाजै छ,
खोजी निगुरो टिपी सिस्नु खुवाउदैछु दानो राजा !
सम्झीसिन्दुर छामी सिउदो मै हुँदा एकान्तमा,
बजाइ पात बेदनाको गाउदैछु गानो राजा !
परदेशीको मात्र आशले ढाक्दैन खाली आङ,
इमान राख्न छोप्नै पर्यो लाउदैछु तानो राजा !
No comments:
Post a Comment