हुर्किएछ तन अब चाहानाले डुल्न थाल्यो
सझाएर कल्पनामा सुनाखरी फुल्न थाल्यो
कल्पनाको बातै मिठो सगालेर एक्लै हुँदा
चुमेर ती वक्ष बाहु ओठहरु घुल्न थाल्यो
नपोखिउन इच्छा यी रसी कसी राख्दा राख्दै
प्रबेशका द्वारहरु अनायशै खुल्न थाल्यो ।।
बहानाले बोलु की त चिल्लो चिप्लो घोली घोली
बिसाउदै बिन्ती पत्र बिना लाज झुल्न थाल्यो ।।
थिएन त त्यहा केही सोचाइमा रन भुल्ल
बिर्सिएरै रितो हात सम्झनामै भुल्न थाल्यो ।।
No comments:
Post a Comment