मेरै सामु आफ्नै हात काट्यौ तिमीले
रगतको सिन्दुर भन्दै ढाट्यौ तिमीले ।
औंला चोपी रगतमा लाइ देउ भन्दा
बीचै बाटो अर्कै भेटी चाट्यौ तिमीले ।
स्वास मेरो धड्कन तिम्रो भन्थियौ जोडेर
मलाइ दिने मुटु पनि साट्यौ तिमीले ।
भयौ हल भन्थ्यौ हामी मैदान फोड्यौ
फ्याकी जुवा अर्कै जोडा आट्यौ तिमीले ।
सयौ जूनी सँगै बाँच्ने बाचा बाँधेर
झुटो माया थप्दै पोया बाट्यौ तिमीले ।
No comments:
Post a Comment