फुलहरु ओइली झर्छन ,
बिजहरु भुइमा खस्छन
बारीभरी ढाकी आउछन ,
जुन फेरी उदाइ आउँला
तर जीवन नआउने रे !
जीवन फर्काइ दिने
कोही छन् भने
उसैलाई पुजा गर्थ्ये ।
चुरीहरु फुटी जान्छन ,
मनहरु टुटी जान्छन
सुर्य फेरी उदाइ आउँला,
तर टुटे मन नजोडने रे
यो मन फर्काइ...., जोडी दिने
कोही छन् भने ,
उसैलाई पुजा गर्थ्ये ।
पातहरु झरीजान्छन,
बैशहरु बिति जान्छन
ॠतुहरु फेरी आउँला
तर जीवन नआउने रे !
जीवन फर्काइ ल्याइ दिने
कोही छन् भने
उसैलाई पुजा गर्थ्ये ।
रातहरु हराइ जान्छन ,
शीतहरु ओभाइ जान्छन ,
पुर्णिमा त फेरी आउँला
तर जीवन नआउने रे !
जीवन फर्काइ ल्याइदिने
कोही छन् भने
उसै लाई पुजा गर्थे ।
झरनाहरु झरी रहन्छन ,
खोलाहरु बगीरहन्छ्न ,
बाफ फेरी फर्की आउँला
तर जीवन नआउने रे !
जीवन फर्काइ ल्याइदिने
कोही छन् भने
उसै लाई पुजा गर्थे ।
दृष्टिहरु बिलीन हुन्छन्,
नयनहरु टोलाई रहन्छन
ब्रमान्ड त घुमीरहला
तर जीवन नघुम्ने रे !
जिवन पक्री घुमाइ रहने
कोही छन् भने
उसैलाई पुजा गर्थे ।
------------------------------
No comments:
Post a Comment