तमोर छेउमा मेरो गाउ हासिरहेछ
पाखा भरी डाफे मुनाल नाची रहेछ
कन्चन्जघा चेपबाट किरण निस्कदा
कुम्भकर्ण फेदबाट किरण फैलदा
बिकासका धार हरु फैलिरहेछ
तमोर छेउमा मेरो गाउ हासी रहेछ
पाखा भरी डाफे मुनाल नाची रहेछ
तमोर वारी तमोर पारी गुरासका घारी
घारी मुनी सुन फल्ने मेरै खेत बारी
बाजो फोडन पसिनाले धर्ती भिजाउदा
दुगा पनि मोती बन्छ मयुरले प्वाख फिजाउदा
तमोर छेउमा मेरो गाउ हासी रहेछ
पाखा भरी डाफे मुनाल नाची रहेछ।
नागबेली नदी अनी झरना र खोला
फेरिन्दैछ युग अनुसार गाउघरको चोला
सुनाखरी बुकी फुल येहिका गहना
कर्मठ छोरा कर्मठ छोरी यहिका सन्तान
तमोर छेउमा मेरो गाउ हासी रहेछ
पाखा भरी डाफे मुनाल नाची रहेछ
कन्चन्जघा चेपबाट किरण निस्कदा
कुम्भकर्ण फेदबाट किरण फैलदा
बिकासका धार हरु फैलिरहेछ
तमोर छेउमा मेरो गाउ हासी रहेछ
पाखा भरी डाफे मुनाल नाची रहेछ
No comments:
Post a Comment