आकाशमा चिल
उडेको दिन
ओथारोमा चल्ला
गन्ती गर्छु,!
मान्छे चिच्याएको दिन
'मेरो कान्छा' भन्छु !
बन्दुक भुकेको दिन
तिम्रो मुटु छाम्छु !
परदेशमा क्षेप्यास्त्र
झरेको दिन
हुलाकीको बाटो कुर्छु
बस्तीमा सुनामी
कुदेको दिन
सुरक्षित ओथारोमा राख्छु..
तर पनि अद्रिश्य छु,
अदुर छु ,असक्षम छु
तिम्रो नजरमा
तिम्रो शहरमा
तिम्रो ससारमा
तिम्रो घरमा
अनी दुखै दु:खको
तिम्रो रहरमा ।
'थाहा छ छोरा !'
"सिमल भुवाहरु
हावा चल्ने बेला
आरु फूल्ने बेला
आकश गर्जदा जन्मिन्छन्"
अनी तिम्रो जन्म
हो यस्तै यस्तै हुरीको माझ
हो यस्तै यस्तै अध्येरी साझ
अभावै अभावमा चेपिएर
कसैको दबाबमा हेपिएर
धारेढुङगा सगैको गाईगोठमा
सेउला र परालमा
सालनाल छोडेको हेक्का
आमा भन्ने अधिकार
दिलाएको हेक्का
यो मनको पानाहरुमा
दसी र दस्तखत ताजै छ।
'थाहा छ छोरा' ?
"ज्वालामुखीहरु
ताप र चापको असमानताले
फूल फूल्ने बेला वा नफुल्ने बेला
मान्छे भुल्ने बेला वा नभुल्ने बेला
सुनामी डुले पछि जन्मिन्छन "
अनी तिम्रो जन्म
हो यस्त यस्तै सुनामीको गति सगै
हो यस्त यस्तै ज्वारभाटाको बेग सगै
सेन्दाइको किनारमा
लाभा र म्याग्माको रास नजिकै
पहिलो आँखा देखाइ
पहिलो पाइला टेकाइ
म आफै चिरा परेका
धर्तिका खोचहरुमा
छाल र भेलहरुमा
छोरा छोरा भन्दै खोजेको
धमिलो प्रतिबिम्ब
नयन वरपर डुलिरहन्छ।
तिमी मलाइ खोजी भौतारिन्छौ
चिच्याउछौ तड्पिन्छौ
भोक मरिन्छौ रिसाउछौ
अनी असाहय, टुहुरा,
सडकेको सङकेतले मलाइ धिकार्छौ
यसको अलाबामा
म त तमोर र तावाको किनारमा
सभाखोलाको माच्छा झिरमा उनेर
झिक्रा र दाउराले पोलेर
ढुङ्गाको सिरानिमा खुल्ला आकाश ओढेर
तिमीलाई न्याम चपाइ रहेछु
अब भन!
मेरो कुन चै स्नेही हात,
ममताको जुठो बाट बन्चित छौ....... ?
आप्पानी पाखाको जंगल
जुगे जंगल
भिर कालीबन
बाख्रा चराएको
सिर्कना खाएको
तिम्रो मानसपटलमा कुदिरहेछ
अनी म त्यहि कालिबनमा
त्यही जङ्गलमा
बाग भालु सग मुकाबिला गर्दै
खोल्मे र खराने टिपेर
काठका चेपुवा र कोलमा पेलेर
तिमीलाई घाम सेक्ने तेल निकाल्दैछु
अब भन !
मेरो कुन चाँही न्यानो काखबाट बन्चित भयौ?
मेरो कुन चै ममताको स्नेहबाट टाढा भयौ ?
फरक यति नै ,
तिमी मलाइ देख्दैनौ म देख्छु
र त,
आमाको च्यान खोजिरछौ
तस्बिरको हेक्का गर्छौ
मेरो छोरा मेरो कान्छा
चारकोशेको रङ्गिन च्यानहरुमा
मेरो पहिचाहन छैन्
तर
घरै छेउको बिराउटे
तल्लो पाटो या तिम्रै बारी या हाम्रै बारी
जहाँ तिते फापर मौलाउछ
जहाँ तोरी र गहत मौलाउछ
त्यहि हो मेरो च्यान!
तसैलाई मान
किन थाहा छ?
सप्रिएको फापरले दुधे आन्द्रा भरियोस
अनी तिमी हास्ने छौ
बाच्ने छौ नाच्ने छौ ,
सिमल भुवा उडेकै दिन
जन्म दिन ठान
सुनामी डुलेकै दिन
जन्म दिन मान
तिम्रो खुशी अस्त अस्त
जुन भइ गह भिजाएर
डाडा माथी म पनि हास्ने छु..............
No comments:
Post a Comment