[part -1]
मेल्वन शहरको ठुलो होटेलको तीन तल्लामाथी बती सदा भन्दा अलिक फरक किसीमले बिलेको छ / मौसम अलिक जाडो भएर होला आउने जाने मान्छेले धरै जसो कालो लुगा लगाएको देखिन्छ / छेवैमा हवाङ नदी बिस्तारै आफ्नै गतिमा सुस्ताउदै छ / संसारभरको मान्छे अटाएको मेल्वन शहर आज साचिकै अनाउठो देखिन्छ /त्यो तीन तल्लामाथीको मन्च अगाडि केही टेबल कुर्सी ,माइक केही बुद्ध का खदाहरु अनी चार देखि पाच वटा जती डम्फुहरु राखिएको छ /मेल्वन पुगेका नेपाली समाजले या भनु नेपाली नर नारि ले गोदुली साझ भने शब्द त बिर्सें होला तर पनि त्यो गोधुली साझ हुँदै गर्दा सजन तमाङ ,तमाङ समुदये ले लगाउने रातो टोपी अनी घाटिमा खदा ओडेर बिस्तारै त्यो मन्चतिर आए /सजन आउनु भन्दा अगाडि नै त्यो मन्चमा मान्छेको भरिभराउ थियो /डम्फु साझ कार्यक्रम सुरु हुनु भन्दा पहेले नै भेला भएका नेपाली समुदयमा हालखबर र सन्चोबिसन्चो आदन प्रदान भैसकेको थियो /कार्यक्रम सुरु भयो सदा झै सानो तिनो भासण ....,अतिथी आसन .....अनी अरु तेस्तै तेस्तै...../ मन्चको दाहिने कुनामा बसेर कार्यक्रमा हेरी रहेकी लिनालाई रमाइलो त्यसबेला भयो जब सजन डम्फु बजाएर तमाङ अनी नेपाली गीत गाउदै थिए /बाहिर निकै रात ढल्दै थियो तर मन्चमा नाच गान र मस्ती झन झन बडदै थियो /येतिकैमा लिनाले नजिकैको झ्यालबाट बाहिर हेरिन तल हवाङ नदी बाट रातको मधुर चिसो बतास बिस्तारै झ्यालबाट उनीको कालो कपाललाई चुम्दै थियो /सजन आफ्नो प्रस्तुती सकेर बसेको बेला एक्कासी लिनाको आँखा सजन को आँखा सग जुध्नु पुग्यो एकछिन दुवै टोलाए /उता मन्च्मा मस्ती चलिनै रहेकोबेला लिनाले आफ्नो दिमाख लाई एकछिन आफ्नो बल्यपन मा पुराइन अनी कल्पनाको सागरमा डुब्नु पुगिन / यता मन्चमा डम्फु साझ चलेपनी लिना को मन नेपालको डाडा पाखा तिर टोलाउनु पुग्यो /नजिकै सजन थिए । उनी उही सजन को साथ नेपालको गाउघर अनी ककनी र नगरकोट को बाटोमा डम्फु र सेलोले सिगारिन पुगिन /एक पल्ट मन्चमा ठुलो ताली बज्यो लिना झसङ झस्केर आफ्नो वास्तबिकतामा फर्किन । तेस्बेला सजन ताली बजाउदै थिए /मधुर सगितमा भुलेको मान्छेहरुलाई थाहा भयो की भएन तर लिना ले एक अनौठो भावनाको बिकास आफ्नो दिमाखमा गरिसकेकी थिन /मान्छे जाने आउने यता उता गरि रहेको बेला एक पल्ट सजन लिनाको नजिकै बाट हिंडे तेस्बेला लिनाको आँखा सजनको जिउमा पुगेको सजनले पनि थाहा पाए /जब सजन लिनाको नजिकै आए अनी परिचयको कुरा गरे तेस्बेला लिनालाई कता कता थोरै हिनताको बोध पनिभयो । बाहिर रात निकै पर्दै थियो सारा कार्यक्रम र सबै मान्छे हरु लाई मन्चमा छाडेर सजन र लिना बरन्डामा निस्के /अघी देखिको हवाङ नदी उही गतीमा आफ्नो यात्रा गरि रहेको थियो /'कस्तो लाग्यो आजको साझ?' सजनले एक्कासी लिनालाई सोधे /लिना पर बलेको बती देखाउदै भनिन ,"उ त्यो हवाङ नदी अनी त्यो अग्लो टावर ।।।र आजको यो साझ मलाई अनौठो लागिरहेछ ,एक त हामी ले आज नेपाली सास्क्रिती जोगायौ अर्को तामाङ डम्फु र गीत पनि बचायौ होईन र ।।।?"अबो सजन को मन धरै माथि पुगिसकेको छ उसले लिनालाई नजिकै राख्यो ,दुबै एकापसमा टोलाए ।। येती नै बेला सजन ले भने " हेर लिना ! मान्छे भएर जिउनु को अर्थ यो हुन्छ की जब उसले युग सगै आफ्नो सास्क्रिती र रिती को जगेर्ना गर्छ / म आज यो डम्फु लाई येती माया गर्छु की तेसको साथै यो हवाङ नदी अनी यो प्रकिती त्यो भन्दा बढी नयाँ युग र नयाँ परिभेसमा आएकी तिमीलाई ........." सजन ले येती भनि सक्दा उस्का हातहरु लिनाका हातहरु सग स्पर्स गर्दै थिए /लिना बिस्तारै उठिन तल सडकमा हजारौं गाडी हरु गुडिरहेका थिए ,हवाङ नदी को किनारमा धरै मायालुहरु सुस्ताउदै थिए ,अली परको बगैचामा सुन्दर फुलहरु आफ्नो बासना प्रक्रीती अनी सजन र लिना जस्ता मान्छेलाई बाड्दै थिए /रातको १२ बजे डम्फु साझ कार्यक्रम सकियो / सबै मान्छे आ -आफ्नो बासस्थान्तिर लागे /तल भुइ तलामा ओर्लियेका सजन र लिना पनि आफ्नो आफ्नो कोठातिर जान तयार भए /जाने बेला मा सजन हातमा आफ्नो दम्फु बजाउदै हुँदा लिना सडक पारी पुगेकी थिन सजन ले हतार हतार एउटा खदा र एउटा सानो फुल को थुगा ल्याएर लिनालाई दियो ।लिना मुसुक्क हासिन र दुबइ कुरा थापिन /एकैछिनमा लिना लोकल ट्रैन को सब्वये चडेर हवाङ नदी हुँदै मेल्वनको उतरतिर लागिन /सजन हवङ नदी को किनारै किनारा नाउ चडेर आफ्नो कोठा तिर लाग्यो/...
to be cutd...
No comments:
Post a Comment