प्रेमको मामिला खोलेनौ सत्य अनुजा वर्ग की!
राखेर मन मै बोलेनौ सत्य अनुजा वर्ग की !
नारीको मनमा सत्यता हुन्छ ठानेको थिए नी
बिषादी नछर्की घोलेनौ सत्य अनुजा वर्ग की !
आगनी पोलेर लाएको होम समाज् कै अगाडी
छोएर श्रीखण्ड पोलेनौ सत्य अनुजा वर्ग की !
तामाको पाथीमा दाहिने हात छुवाकै थियौ त
खसाली जल ले धोएनौ सत्य अनुजा वर्ग की !
आफन्त भन्दैथे सुम्पेर म मा दायित्व तिम्रो भो
झारेर ती प्याला रोएनौ सत्य अनुजा वर्ग की !
No comments:
Post a Comment