तिम्रो सन्देश पाए छोरा चौतारीमा बस्दा
सम्झे तिमी हावा हुरी पिपल पात खस्दा
सन्देश को मिठो पाटो नरुनु है भन्छौ
निको छैन मनको गाँठो पटुकीले कस्दा
जङ्गे खम्बा ढल्यो आज तलतिर धेरै
छेक्नै पर्छ बैरी पथ भित्र घर पस्दा
सबै थर एकै घर गोल भइ दिदा
भन्ने छैन पराइले दाजुभाइ कस्ता
चाँद परे गगनको अस्ताउछु छिट्टै
शाहषले बाँच फेरि दुस्मनले डस्दा
अबिरको मुल्य पनि दुधै चुक्ता सम्झि
माता शान ठूलै होला मिलीझुली घस्दा

No comments:
Post a Comment