Saturday, May 14, 2011

देश तिनले डुवाइसके बिकल्पमा उठौ अब!
जनता सबै रुवाइसके बिकल्पमा उठौ अब!

एकताको थुँगा थुँगा हाम्रो माला कहाँ पुग्यो ?
लाली गुराँस कुवाइसके बिकल्पमा उठौ अब!

देशले माग्दा स्वाजिवनी तुर्कीहरु घिट घिट  
धरै बिष खुवाइसके बिकल्पमा उठौ अब!

भत्किएको देश टालौ आउ सबै गाउँले साथी
भन्नु छैन चुवाइसके बिकल्पमा उठौ अब!

जान्न भन्दा पनि हरे!हिड भन्छ भिख माग्न
हात सबै धुवाइसके बिकल्पमा उठौ अब!
 
हुन्छ हामी गर्छौ भन्ने खुरापाती बाचा हरु
संबिधान तुवाइसके बिकल्पमा उठौ अब!

No comments:

Post a Comment