Tuesday, May 24, 2011

बलेपछि के को चासो

घायलको तरही मुसायरा -११

संगै बाँच्ने आस्था मेरो ढलेपछि के को चासो
निभ्नु थियो मनको आगो बलेपछि के को चासो

भै गो अब आत धरै मैले किन दुखाउनु
आत संगै साथ हरु छलेपछि के को चासो

आफ्नो ठानी कति मैले स्थीर भइ बस भने
बाटो मोडी अन्त कतै चलेपछि के को चासो

साँचो प्रेम हामी माथी सल्किन्दैन राँको भन्थी
फुस्स फुस्स भित्री कुना जलेपछि के को चासो

भुल्नै निको ठाने मैले वर्ग तिनी अनुजा की
आँशु बगी पिडा हरु गलेपछि के को चासो

बुद्धि मोक्तान
२०११/०५/२५
     

No comments:

Post a Comment