उठेको बस्ती बसाउन आए ।
टुटेको हृदय हँसाउन आए ।
फुटेको थियो भाइचारा हाम्रो,
बटुली फेरि टसाउन आए ।
बस्तीका बैरी नउम्किउन् भन्दै
रसीले टन्न कसाउन आए ।
फुटेको धर्ती अतिबृष्ट्रि माथी
जोतेर दाना खसाउन आए ।
सुकेर जीर्ण सदभावको जरा
छर्केर जल रसाउन आए ।
बुद्धि मोक्तान
दक्षिण कोरिया

No comments:
Post a Comment