Friday, June 3, 2011
बिकिरण
राजनीति के हो
शक्त्ती के हो
शासन के हो
तिनका इतिहासहरु
सङ्घर्ष, बिद्रोह
क्रान्ती वा जन्युद्ध
मैले
यस्तै अर्को रगतको कथा लेखे
जहाँ साहष र बिरता होईन
पीडा छ ,दु:ख छ
आफ्नैसंग आफै लडेको बिवशता छ ।
मैले क्रान्तीको कुरा गरे भने अब पत्याउदैनौ
सङ्घर्ष छेडे भने अमान्य हुनेछ
यहाँ त ठुल्ठुला क्रान्तिहरु
ठुल्ठुला युद्ध र धरै सङ्घर्षहरु
समाप्त भैसकेका छन् ।
क्रान्ति मैले आफैसंग गरे
खतरायुक्त बिकिरणको
मिहिन अध्यान गरे,
अल्फा किरण, बिट्टा रे [किरण ]
गामा किरण,एक्स रे
रेडियोएक्टिबिडिज्,
'ब्लाक होल'
अब बिस्तारै बिस्तारै
मेरो दुरदर्शक कर्णालीतिर फर्काउदैछु
अब बिस्तारै बिस्तारै
मेरो सुक्ष्मदर्शक ओलाङ्चुङगोलातिर मोडदैछु
भनौ!
कर्णालीको दोर्जेको पेटमा
सिताको परिवहन छैन,
याङ्ला र याङ्जु ओलाङ्चुङमा
आलु बिहिन छन्,
दशगज्जा रोइरहेछ
त्यहि रगतले मोजा धोइरहेछ
बिलाउन तयार
विश्व मानचित्रको मेरो देश
लेजर किरणले एक पटक सिमाङ्कित गर्न चाहान्छु ।
गल्ति भए भन है मात्रिभुमी!
भन है राज नेता !
भन है साहषी महापुरुष !
भन है सासन का पहरेदार !
मैले पराइको बिकिरण युक्त भट्टी बुझिन्
तर तातेको तराईको आफ्नै मट्टी बुझे
मैले सेन्दाइको किनाराको पहिलो ,दोश्रो र तेश्रो
बिकिरण युक्त प्रदुशित भट्टी बुझिन्
तर गरिबीले आक्रान्त नेपालीको हड्डी बुझे
निर्दोषमा बझ्रिने लठ्ठी बुझे,
स्वाभिमान र भाइचारा
सदभाव र सम्मानको
अनियमित प्रतिच्छेदित
परावर्तनले छताछुल्ल छरिएका
आफ्नै दाजु भाई को अनौठो गट्टी बुझे .........
बुद्धि मोक्तान
दक्षिण कोरिया
Labels:
कबिता
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment