Sunday, June 5, 2011

स्वाभिमानी नेतृत्वको आस्थालाई ढलाउनु हुन्न

"मेरो सहभागिता त्यसको लागि, जस्ले /जहाँ नेपाली गजलको इतिहासमा नयाँ आयाम भित्र्याउदैछ/भित्रिन्दैछ !!!"

गजल: प्रभा आचार्य
मिसरा: स्वाभिमानी नेतृत्वको आस्थालाई ढलाउनु हुन्न
काफिया: ढलाउनु
रदिफ: हुन्न
गजल

दाजु सग भाइ लडी दुस्मनता फलाउनु हुन्न
कस्को जय हुन्छ फेरि हतियार चलाउनु हुन्न

रगतको मुल्यलाई साक्षी राखी साहषले भर्दै
सन्ततीको भाग्य फल्ने अवसर छलाउनु हुन्न

बीरताको गाथाबोकी उदाएको नाताफेर्छु भन्दै
सदभावले कोरिएको इतिहास जलाउनु हुन्न

कर्म प्रिय भुमिमाथी शान्तिप्रिय हाम्ले बिझ रोप्न
पौरखीला हात पाउ खुम्च्याउदै गलाउनु हुन्न

चाहाना त्यो जनताको गणत्तन्त्र देशै भरी हेर्ने
स्वाभिमानी नेतृत्वको आस्थालाई ढलाउनु हुन्न

No comments:

Post a Comment