Thursday, June 9, 2011

आँशु झारी तिमी जाँदा

आँशु झारी तिमी जाँदा बाटो हेरे मैले
सोसिन्दैथे मेरै सामु, माटो हेरे मैले । 

अन्तिम् पल हात चुमी टाढा भए पछि
बसेका ती डाम हरु ,टाटो हेरे मैले ।

कुना कानी खोजी गरे कुन् झ्यालमा छौ की
चुरी सुन्य हुँदा ढिकी, जाँतो हेरे मैले। 



को नै छ र यो बेलामा कठै!मेरो भन्ने
नदेखिने आफै भित्र ,गाँठो हेरे मैले ।

प्रतिच्छेदित् किरणमा बिम्ब तिम्रो छैन
देखु मुख भन्दै तस्बिर्, साटो हेरे मैले ।

अन्त्यानुप्रास् बाँच्नु छैन अब निधो गर्दै
जीवन अन्त जलाइने, भाटो हेरे मैले ।


बुद्धि मोक्तान  
दक्षिण कोरिया   

No comments:

Post a Comment