Sunday, June 5, 2011

आमा ,म र फेसबुक भाग -४




" उ तेरो फेसबुकको टाउकोमा रातो बाँधेर थुप्रै कमरेड हरु आयो "
आमाले फेसबुकको थुप्रै राता डल्लाहरु देखाउदै भन्नु भयो । आज म निकै तल्लिन भएर हो की किन हो, मेरो फेसबुकको ओछयान सम्म आमा आउनु भएको पनि थाहा पाइन। हुनु सक्छ आमा अनी सुस्त सुस्त पो आउनु भयो की!, जे भए पनि आमासग को फेसबुक बेग्लै मज्जा अनी फेसबुकको ओछ्यान, त्यो पनि आमा कै काखमा ।
म निकै प्रफुलित छु ।  
"कमरेड होईन क्या आमा !कमेन्ट कमेन्ट" 'कमेन्ट भन्नुहोस त एक पल्ट' मैले मुसा हल्लाएर तिखो चुच्चो आमाले भन्नु भएको राता डल्लातिर पुरयाए।
"कमरेड भने पनि कमेन्ट भने पनि आमाले कुरा बुझे भएन तिमिलाइ ?,बरु छिटो हेर न .....  के लेखेछ कस्ले !"
'ल! यो त कमेन्ट होईन रहेछ हौ आमा!,यो त ट्याग पो रहेछ-' म मुसालाई सहि तवरमा हल्लाउदै बोल्छु ।
"ट्वाक भनेको त थाहा थियो कान्छा !,फेरि अर्को कुरा बोल्यो यसले के हो नी ट्याग चाँही?"
"हजुर पहीले भन्नु होस् त ट्वाक चाँही के हो नी ?" प्रति प्रश्न गरे आमालाइ।
"नाथे !हिजो माथिल्लो घर कान्छीको फ्रेण्ड रिक्वेस्ट्मा मैले तिन्पानेको चार ट्वाक लगाएको होईन ? त्यहि हो मैले बुझेको ट्वाक बाबु !" आमाले मलाइ धाप मार्दै भन्नु भयो। म छक्क परे तर के गर्नु आमाको बुझाईको ट्वाक र मेरो फेसबुकको ट्याग बिल्कुलै फरक थियो। आमाको बुझाईलाई मैले इन्कार गर्नु पटकै मिल्दैन फेरि  स्वीकार गर्नु पनि त्यतिकै गार्हो छ । म नबोली फेसबुककै पानाहरु पल्टाइ रहे । यति बेला सम्ममा पारी भैरेले थुप्रै मेसेजहरु पठाइ सकेको थियो । राता डल्लाहरु लहरै देखिन्दैथिए । आमाले फेरि ती डल्लाहरु देखेर कमरेडहरु आयो भन्नु हुन्छ भन्ने पिरले मैले हतार हतार मुसा चलाए अनी आमा पट्टी हेरे। आमा त पर भान्छाघरमा पो तरकरी केल्लाउदै हुनुहुन्थ्यो ।
      अब अली काम गरिहाल्नु पर्‍यो आमा पनि जानु भएछ भन्दै म कागजको एक टुक्रा अनी कलम र मेरो फेसबुकको ओछ्यानलाई रफतारमा लाने निर्णय गरे।
म कहीले अक्षर मात्रा गणना गर्छु ,कहीले मेटाउछु ,फेरी लेख्छु ,आफनै भाकामा ,लयमा गाउछु ,निकै हतार छ ,निकै जोस छ जागर अनी निद्रा पनि................
फेरि आमा टुपुलुक्क आइपुग्नु भयो ।
"के गर्दै छौ नी अहिले चाँही ?" आमा बोलि हाल्नु भयो ।
"आमा ! म  घायलको तरही मुसयरा को लागि गजल लेख्दैछु " -मैले जे गर्दै थिए त्यहि बताइ दिए ।
" पायल भन्ने चाँही जानेकै सुनेकै थिए फेरि यसले घायल भनेर मलाई त पागल पो बनायो ,घायलको कुरा होईन के बाबु ! पायलको कुरा गर न अस्ति को लामो नाक भएको नानी के त " आमाले अस्ति कै केटी साथिको कुरा कोट्याइन ।
"आज पायलको कुरा होईन आमा! यहाँ आज घायलकै कुरा हुन्छ त्यो पनि 'तरही मुसायरा' बुझ्नु भयो त हजुर ले ?" मैले अली हतारमा ,अली चर्को र प्रस्ट सब्दमा आमालाई बताए । "तरहरा भन्ने चाँही धरानको छेउ इटहरी नजिकमा  पर्छ  भन्ने था थियो अनी इसारा पनि थाहा थियो तर तिम्रो तरही मुसायरा भने मलाई कहिल्यै पनि थाहा छैन् " आमा मुख बटार्दै उता फर्किनु भयो।
"ल ल आमा हजुरले जानेकै इसाराको अर्थ सुनुम् न त के रहेछ " मैले आमालाई आफू पट्टि फर्किने आग्रहका साथ भने । "ए इसारा ,ल हेर है त ,आमा कसैलाई आफू तिर आओस भन्ने सङ्केत गर्दै ,
"इसाराले बोलाउनु पर्दैन ,माया भए डराउनु पर्दैन "
गीतको टुक्रा सुनाउनु भयो ।"हो आमा हजुरलाई इसारा भन्ने अर्थ थाहा छ अनी गीतको एक टुक्रा पनि यसरी नै कसैले /कसैको  कुनै गजलको एक टुक्रामा गजल लेखेर पूर्ण गजल बनाउने लाई चाँही गजलको पाटोमा तरही मुसायरा भन्छ के त आमा !" मैले इतिब्रितान्त बताउने कोसिस गरे ।आमाले सबै कुरा को कुनै हेक्का राख्नु भएन तर गजल गीत् हो अनी मैले गीत् लेख्दैछु भन्ने चाँही  बुझ्नु भएछ ।"लु त्यसो भए तिमिले लेखेको गजल पनि सुनाउ त मैले जस्तै " आमाको गजल सुन्ने आग्रह गर्नु भयो । म तत्कालै त्यो आग्रह  पुरा गर्नु पट्टि लागे ।

"नयनका सयौ प्याला सुकाएर रुन्न आमा !
पाखा हासो भित्र पीडा लुकाएर रुन्न आमा !"
आमा मेरो नजिक अझै नजिक आउनु भयो ,फेरि भन त कान्छा !वहाँले फेरि सुन्ने आग्रह गर्नु भयो । आमाको आतले मागेको सुनाइ मैले दिनु छोराको कर्तब्य नै हो । अर्को एक सेर थपेर वाचन गरे :-
" 
नयनका सयौ प्याला सुकाएर रुन्न आमा !"
"पाखा हासो भित्र पीडा लुकाएर रुन्न आमा !"

"यो छोराको बाचा सम्झ जीत लान्छु धरै माथी
प्रतिष्ठाको तिम्रो शान थुकाएर रुन्न आमा "
आमाले बिस्तारै मलाइ अङ्गालो हाल्नु भयो , केश सुम्सुम्याउनु भयो । नाक छाम्नु भयो । फेसबुकले निन्याउरो मेरो गालामा ममता र स्नेहका करोडौ करोड मायाहरु बर्साउनु भयोअनी निकै साहस बटुलेर मलिन र भाबुक स्वरले "मेरो कान्छा !सपनाको सपुत ,आस्थाको धरोहरा,मेरो जीवनको आधरशिला"भन्दै एक ढिक्का प्याला मेरो गजलको खेस्रा माथी तप्प पार्नु भयो । मैले आमाको प्याला नछोइ त्यो पाना सुरक्षित राखे । यति बेला सम्म मा रातो १२:१२ कटि सकेको थियो "आमा !त्यहा पारी भैरेले मेसेज अनी कमेन्ट पठाउछ हजुर हेर्नु होस् है "मैले यसो भन्दा आमा फेसबुक मै टोलाउदै हुनुहुन्थियो । म ढल्केर आमाको हात सिरमा राख्दै धरै दिनको फेसबुक हिडाइले फुस्सै भएछु । क्रमस ....


No comments:

Post a Comment