"लु भएन। यसले त कता बाट निकाल्थ्यो! निकाल्थ्यो। कति कोसिस गर्छु ........मरे निस्के पो !"मैले मेरो फेसबुकको ओछ्यान बाट मधुरो आमाको बोली सुने । म निदरी मै थे यो बेला सम्म । बिस्तारै आँखा खोल्दा आमा सकी नसकी मुसाको चुच्चो फेस्बुकको भिता चलाउदै हुनुहुन्थियो ।
"के गर्नु भाको हजुरले?" आमा पट्टी फर्केर बोले
"के गर्नु नी ! नकराउ तिमी ,मैले तिम्रो फेस्बुकको टाउको चलाएकै छैन । तिम्रो कति कमेण्ट ,टयाग अनी के के हो के के कति आएका छन। म त तिमी निदाएको मौकामा अस्तीको के त सुरिलो नाक र लामो कानको लोती भएको नानी को फोटो हेरुम भनेको तिमी त उठी हाल्यौ "आमाले मुसा म पटी हुर्याउदै भन्नु भयो ।
"बित्थाको कुरा है आमा यो चाँही!,
सात समुद्र पारीको उनी अनी हजुर यहाँ ,
फेरि हजुर लाई के भएको हो ? मलाई पो फेस्बुकमा नै ओछ्यान लगाइ दिनु भो
अनी हजुर चाँही किन फेस्बुकमा झुन्डिनु आउनु भएको हो नी ? " मैले फेस्बुकको टाउकोतिर आएको भक्क्ती सरको प्रतिक्रिया मा मुसाको चुच्चो जोतेर आमालाई भने ।
"तिमी ले नै होईन परिवर्तन हुनु पर्छ हौ आमा !भनेको ,हो म पनि अबो परिवर्तन तिर लागेको नी"-आमाले भन्नु भयो । "बरु अस्तिको नानीहरुको फोटो देखाउ त "आमाले मुसा छुनु खोज्दै केटी साथिहरुको प्रोफाइल हेर्ने मनासायले हतार प्रकट गर्नु भयो ।
आमाको ईच्छा मैले नकार्नु कसरी ,मैले थुप्रै केटी साथिहरुको प्रोफाइलमा मुसाको चुचो छुवाए । आमा मग्न भएर हेरी रहनु हुन्छ । कहीले आफै मुस्सा चलएर धक मर्ने गरि हेरु जस्तो गर्नु हुन्छ ।
कहीले बिचरा भन्दै ती फोटोका केटी /नानीहरु /मैयाहरुलाई सुम्सुम्याउनु खोज्नु हुन्छ । म पालो पालो सबैको प्रोफाइल आमालाई द्रिश्यपान गराउछु । रात धरै बितिसकेको छ। असारको झरी पनि प्रकृतिले ठगेर होला चकम्न्न चाँद छरिएको छ। धरै तलबाट तमोरले मधुरो बायु आमा र म भए ठाउँ तिर हुत्ताउदा गर्मीलाई भुल्नु नसके पनि केही राहात मिलेको भान आमा छोरा दुबैले गरेका छौ ।
"हो यहि नानी हुन मैले अस्ति देखेको अनी भनेको पनि सुरिलो नाक लामो कानको लोती तिम्रो जस्तै "आमाले मुसा तान्दा आमाको हर्थुङ्गो माथी मेरो हत्केला पर्यो । मैले आमाको हर्थुङ्गो नियाले ,बिस्तारै हात सुम्सुम्याए । आमाको हर्थुङ्गोको छाला छोए छाला निकै माथी सम्म तानियो । आमाको जिउ मुहार नियाले । म कता कता नैरास्यताको चरम बिन्दु अनी चाल्स टावरको टुप्पा बाट परिवर्तित धार बोकेकी कोशीका सयौ चिराहरु,क्षितिजसग मिलेका तराई र टाउको पछाडी घुचुकले धरै पर कुम्भकर्ण र कन्चनजंघा एक साथ देख्दै हुँदा आमा फेस्बुक मै वहाँले देख्न इछाउनु भएकी सुरिलो नाक र लामो कान लोती कि नानीको फोटो हेर्दै हुनुहुन्थियो । क्रमस .........
No comments:
Post a Comment