"ल यो खाउ अनी छिटो तयार गर है तिम्रो फेसबुकको ओछ्यान,तिमी त ढिला पो छौ नी फेरि !" आमाले मलाइ पोलेको दुई वाटा आलु मेरो फेसबुक नजिकै राखी दिदै फेस्बुकका पानाहरु अली चाडो तयार गरोस् भन्ने मनासायले भन्नु भयो ।
"किन हजुरलाई हतार?, फेरि मेरो फेसबुकको ओछ्यान मैले जति बेला पल्टाउ कि, लगाउ हजुर लाई त त्यति चासो हुनु नपर्ने हो त ? " आलु मुखमा हालेर आमा पट्टि फर्केर मैले भने। आमा अली नजिक आउनु भयो ।मेरो धुनु बाँकी फुस्रो अनुहार मुसारी दिनु भयो र भन्नु भयो ,"मैले फ्रेण्ड रिक्वेस्ट पठाको छु क्या बाबु !" तर तिम्रो जस्तो भिता तिर रातो डल्ल पिलिक्क पिलिक्क गरेर
आउने होईन नी मैले त्यसरी पठाको पनि होईन मेरो फ्रेण्ड रिक्वेस्ट त प्रत्यक्ष आउछ ,प्रत्यक्ष हुन्छ बुझ्यौ तिमी ले "?
" ल हेरु न त ,हज्रुरको रिक्वेस्ट पनि, कस्तो चाँही को आगमन हुदो रहेछ "?मैले पनि आमालाई चुनौतीको भाषामा उत्तर दिए । मैले जति चुनौती र भाषा बोले पनि मन भित्र निकै खुल्दुली चली रहेको थियो । आखिर आमाले कसलाई फ्रेण्ड रिक्वेसट पठाउनु भयो भनेर।
मैले फेसबुकको सबै दुलो दाली कुना कानी चाहारी सके । यद्धपी भक्ती सरको छोटो बहरको गजल पढन बाँकी नै हुँदा आमा बोल्नु ,"किन छक्क पर्छौ ? मेरो साथी आउने बेला भैसक्यो छिटो खोल है तिम्रा पानाहरु अनी एकपल्ट सुरिलो नाक र लामो कान को लोती भएकी नानी पनि देखाउ !
"हजुर आमा! हुन्छ तर कसलाई के पठाउनु भाको हो भन्ने कुरा ले पो म त छ्क्क पर्दैछु ।" ही ....हि आमा..उताफर्केर हास्नु भयो ।
"पिर नगर है बाबु मैले तिम्रो फेस्बुक बाट फ्रेण्ड रिक्वेस्ट पठाको होईन मैले त मथिल्लो घर कान्छी तिम्रो दिदिलाई आज असार पन्ध्र दही चिउरा खानु आइज है कान्छी भनेको छु अनी उ आउने बेलामा त्यो नानी को फोटो हेरोस् भनेर नी !"-
"अनी फेरि अर्को पनि कुरा छ नी!,सुन है! मैले अस्ति तिम्रो फेस्बुकको कुना तिर कान्छीको छोरा के त तिम्रो भान्जा पनि झल्यास देखेको थिए ,हो त्यो पनि छ भने देखाउ है भरे । "
"ए !बुझे अस्ति मथिल्लो घर दिदीको रिक्विस्टमा तिनपानेको चार ट्वाक लिनु भएको अनी ल कान्छी मिठो रहेछ भनेर कोमेण्ट गर्नु भएको थियो होईन ? आज त्यसैको पैचो तिर्ने होला हजुर ले । बरु दिदीलाई के खुवाउदै हुनुहुन्छ येसो सुन्नु पाए मेरो पनि फेस्बुकको मोड पो बदलिन्थियो की आमा !"
मैले बाँकी भएको एउटा आलु पनि अन्न नली बाट तल छिराइ आमालाई भने ।
यति बेला सम्म मा पारी गाउको भैरे ले थुप्रै मेसेजहरु पठाइ सकेको थियो । मैले कुनै उत्तर सेन्ड गरिन । लाइनमा देखेछ मोरा ले "हेल्लो" भनि हाल्यो । मैले "चुप आमा सग कुरा गर्दै छु भलाकुसारी भैराछ आमा र मेरो" भने । आमा नजिकै भएको कुरा उस्ले ज्ञात गरयो ,र 'आमालाई नमस्ते सुनाइ देउ है' भन्यो
फेसबुक टाउका तिर थुप्रै राता डल्लाहरु उफ्रिन्दै हुँदा आमाले सोध्नु भयो ,"कसले के लेखेछ?? "आमा पारी भैरेले हजुरलाई नमस्ते भन्दैछ" मैले आमालाई सुनाए । आमाले दुबै हात जोडेर नमस्ते छ है भैरे छोरा भन्दा म खित खित हासे । "किन हास्छौ तिमी ? " जोडेको हात मेरो मुखमा ल्याएर आमाले भन्नु भयो । "आमा हजुर ले जोडेको हात भैरेले देख्यो होला त ??" यो फेस्बुक हो हात जोडीबस्नु पर्दैन के आमा !"मैले आमाको हात हटाउन्दै भने । आमाले जिब्रो ओठ पल्टाउदै ठुलो स्वरले भनुभयो ,"लु भो जति परिवर्तन भए पनि चलन छाड्नु हुदैन बुझ्यौ"?
आमा र म फेस्बुकमै झुन्डिदै हुँदा परको गेट क्वाइ गरेर करायो । हाम्रो आँखा त्यतै पुगे। सानो झोला बोकेर माथिल्लो घर दिदी आउँदै हुनुहुन्थियो । सिकुवा टेक्नु अगाडी नै "लासो माम [नमस्ते बजु ]भन्नु भयो । आमाले दिदीलाई गुन्द्री माथी चकटीमा राख्नु भयो ।
दिदी-"मेरो गोरे भाई के गर्दैछ "?
आमा - के गर्नु नी तेरो भाई उ हेर्न फेसबुकमा ओछ्यान लगाएको छ"
दिदि- ला मेरो भाई यो राउराउ चाउचाउ खाउ " झोलाको प्यकेट दिदै मलाइभन्नु भयो ।
"दिदि राउराउ चाउ चाउ होईन 'रारा चाउ चाउ' हो यसरी भन्नु पर्छ ल अब देखि "
"जे भए पनि तिमी खाउ खाउ "तुक्का कै शैलीमा भन्नु भयो । आमा र दिदि गुनगुन गर्दै के के बात गनु थाल्नु भयो । म भक्क्ती सरको छोटो बहरको गजलमा डुब्न थाले ।भिता भरी देखिएका राता ड्ल्ला हरु पढ्न थाले । कहीले हासे । कहीले कोमेण्ट गरे । कहीले लाइक गरे । कहीले फ्रेण्ड रिक्वेस्ट पठाए । निकै बेरमा आमा दिदि फेरि मेरो फेसबुक ओछ्यान नजिक आउनु भयो । दही चिउरा को बासना अनिदो फेसबुके आँखा र नाकले थाहा पाइसकेको थियो ।
"लु यो खाउ अनी दिदिलाई देखाई देउ !" आमाले भन्नु भयो ।
"होईन आमा दिदिलाई के देखाउनु"? -दही को सुर्पो चम्चाले लिदै भने
"त्यहि सुरिलो नाक अनी लामो कानको लोती भएको नानी "
"होइन ,हजुर ले त भान्जा पो देखाउ भन्नु भएको होईन अघि?"म दिदिलाई पहिला भान्जा देखाउछु हुन्छ ?" मैले भने । दिदि मेरो नजिक आउनु भयो निकै उतसुकताले भरीएको मुहारको मैले आभास गरे ।
उतिनै बेला मैले दिदिलाई भने -"दिदी !म भन्जाको फोटो अनी ठाउँ देखाउछु तर तपाईं ले एउटा कुरा गर्नु हुदैन नी है ल"
"के कुरा गोरे भाइ भन त" दिदिले भन्नु भयो । "भान्जा देखेपछी आँशु नझार्नु नी है ल"
"हुन्छ "-अझै नजिक सरेर दिदि बोलिन ।
मैले मरुभुमी,बालुवा ,खजुरको बोट, उट ,समुद्र ,छाल ,ज्वारभाटा,बन्दरगाह, कम्पनी ,बस्ने खाने ,काम आदि इत्यादी र भन्जाको सबै फोटोहरु देखाउदै दिदालाई छोरा सग भेट गराइ दिए । दिदि निकै भाबुक र नैरास्यताको चरम बिन्दुमा पुगेको मैले महसुस गरे । उती नै बेला दिदिको आँखाबाट प्रिलिक्क आशु चोलीमा बग्दै थिए । मैले त्यो नरमाइलो क्षण अन्यको लागि हतार हतार सुरिलो नाक र लामो कानको लोती भएको नानी को तस्बिर आमा र दिदि को सामु पेश गरि दिए । "उ हेर त कान्छी मैले भनेको नानी उनै हुन " आमाले आफ्नो हात मुखमा चुमेर नानीको मुख सम्म पुर्याउनु भयो । दिदिले पनि छोराको सम्झनाले ग्रसित आत्मालाई शान्त पर्नु हो की किन हो आमाले जस्तै गर्नुभयो , टोलाई टोलाई पालो पालो आमाले आफै मुसा चलाएर फोटो हेर्याउनु भयो । दिदि र आमा को आँशु म्रिश्रित लवज अनी तस्बिरकी नानीको उज्यालो प्रकाश ,लाग्थियो त्यहा हासो र रोदन ,स्नेह र ममता प्रदशित हुदैछ । जून घाम हुँदै गरेकी मेरि आमा उही बाटो पहिल्याउदै गरेकी माथिलो घरे दिदि अनी मैले जस्तै फेसबुकमा ओछ्यान लगाएकी सुरिलो नाक र लामो कानको लोती भएकी नानी खै यहाँ कस्तो त्रिपक्षिय नारी बिम्ब झल्किन्दैछ म आफू पनि दोधारमा आमा र दिदिको आँशुलाई पुछिदिदै एउटा छुटै आँशु र रहरको बिझ हरु रोपी रहेछु ....
क्रमस.......

No comments:
Post a Comment