Tuesday, June 28, 2011

जादैछु म आफ्नै बस्ती

केही बर्षे यात्रा पछि जादैछु म आफ्नै बस्ती
ज्ञान सिप केके सिके लादैछु म आफ्नै बस्ती
--------------------------------------------------
नयाँ युगका मान्छे हामी देश बिदेश जानु पर्छ
फर्की फेरि आफ्नै गाउमा ढिडो रोटी  खानु पर्छ
केही दिन टाढा भइ आउदैछु म मेरै बस्ती
चुही भत्की लड्न लाग्दा छाउदैछु म मेरै बस्ती
-----------------------------------------------------
भुल चुक भयो होला मुग्लान् बस्दा हेर साथी 
बिर्सौ है ल त्यस्ता कुरा हाम्रो नाता सधैं माथी
मेरो मात्र होइन खुशी तिम्रो पनि लादैछु म  
आजै सम्झ अन्तिम् छाक तिमी सग खादैछु 

-----------------------------------------------------
आमा बाबा कस्ता होलान् असारमा पुगी दिदा  
आए हजुर भन्दै मैले शीर झुकाइ ढोगी दिदा
केही बर्षे यात्रा पछि जादैछु म आफ्नै बस्ती
ज्ञान सिप केके सिके लादैछु म आफ्नै बस्ती
----------------------------------------------------
प्रिये होलिन गैरी खेतमा बीझ रोप्दै छुपु छुपु
छुट्छ आँशु आँखा बाट मन भन्छ छिट्टै पुगु
केही बर्षे यात्रा पछि जादैछु म आफ्नै बस्ती
ज्ञान सिप केके सिके लादैछु म आफ्नै
--------------------------------------------- ------

No comments:

Post a Comment