Saturday, July 9, 2011

आमा ,म र फेसबुक -७

"दिदी अब त नरुनु है!" आमाले चलाइराख्नु भएको मुसा तान्दै मैले माथिल्लोघरे दिदीलाइ, वहाँ बस्नु भएको चकटीतिर फर्केर भने ।
"म रोएको होईन नी गोरे भाइ! अनी नरोउ भन्दा पनि, भित्र पोली रहन्छ " माथिल्लो घरे दिदीले फुकेको चोलीको तुना बान्दै छातीमा हत्केला राख्नु भयो । मानौ वहाँको भित्र पोली रहेको छ
 बिना आगो ,बिना राप ,बिना दाउरा खै कुन्नी के हो जली रहेको छ।    
"थप्क्कै आइ पुगे कस्तो हुन्थियो तिम्रो भान्जा" दिदि बिचैमा बोल्नु भयो ।  
मैले अघि देखाएको होईन मरुभुमी ? अनी खजुरको बोट ? फेरि उट ,रातो माटो ,पानी जहाज, बालुवा र बन्दरगाह ? सबै कुराबाट हाम्रा भान्जा प्रतिबन्दित हुनुहुन्छ । भेनाले देहरादुन र कास्मिरको लडाइमा आर्जेको टिनको छाना पनि त अब खिया लाग्यो नी ,होइन र  ? ती सबै कुरा चिर्दै अनी तपाईंको खुशी मन्को लागि सधै हाम्रै घर भिता वरिपरि हुन्छ बिदेशीको मन र  भान्जाको मन पनि त्यस्तै छ बुझ्नु भयो दिदी!?" दिदिको भित्र पोलेको पुरै निभाउन नसके पनि निभाउने  कोसिसमा मैले भने ।

यती बेला सम्म आमा आफ्नै तालमा मुसा कुदाउदै हुनुहुन्थियो । हाम्रो कुराकानीको कुनै वास्ता थिएन । मेरो फेस्बुकको ओछ्यान अनी त्यस्का भित्तातिर थुप्रै राता डल्लाहरु देखिन्दै थिए। आमाले आज सम्म मा ती राता डल्लहरु खोल्न जानीसक्नु भएकोले भखरै देखिएको एक डल्लामा मुसाको चुचो छुवाउनु भयो। कस्ले के गर्‍यो वा के भन्यो भन्ने मेरो चासो पूर्ण नहुदै जानेर हो  की नजानी मुसाको चुचो दिलेट्मा छुवाउदा भक्ती सरको गजल सम्बन्धी  बहर को बहश पुरै मेटियो।
"हत्तेरी आमा हजुर ! के गर्नु भएको ?"  मैले मुसा आफू पट्टि तान्न खोज्दै भने ।
"चुप लाग तिमी अनी किन तान्नु खोजेको यो मुसा" मैले लादै गरेको हात कुहिनाले हुत्याउदै आमाले भन्नु भयो ।

"त्यहाँ बहर हरायो । खै त त्यहाँको बहर ?" मैले अली हतारमा आफूले पढ्न चाहेको भक्ति सरको  गजल सम्बन्धी बहर को बहस मेटिएको झोकमा भने ।
"कुन बहर? उता पर बाख्राको टाट्न भन्दा पछाडी बाँदेको छ" अनी कहाँ हरायो ?त्यही छ होला नी ?" आमाले सहज रुपले मुसा मलाई छुनु नदिकन भन्नु भयो ? यति बेला मैले आमा सग कुनै बहस गर्नु जरुरी ठानिन । आखिर आमाको नजरको बहर पुच्छर हलाउदै घास खाँदै थियो ।
"अनी अर्को बहर चाँही फेस्बुकमा ओछ्यान लगाएको छ है माम !" माथिल्लो घरे दिदिले मेरो नाक चिमोट्दै आमातिर हेरेर भन्नु भयो ।
"सम्झा न हौ कान्छी!तेरो भाइ लाई !मलाई त फेसबुक चलाउनु नै नदेला जस्तो पो गर्छ त "आमाले माथिल्लो घरे दिदिको कुरा पछि भन्नु भयो ।
"नयाँ फोटाहरु  हाल्यो होला उस्ले हेरु भन्छु त मुसा लैजाउला जस्तै गर्छ तेरो भाइ " आमा फेरि बोल्नु भयो ।

कस्ले हौ माम (बज्यु)!"-दिदी आमा तर्फ नजिकिन्दै बोलिन ।

"उही के त मेरी  सुरिलो नाक र लामो कानको लोती भएकी नानीले " भन्दै आमा फोटाहरुमा मुसाको चुचो  कुदाउनु थाल्नु भयो ।
"आहा ! राखे छिन् नयाँ नयाँ फोटोहरु " आमाले यसो भन्दा मेरो नजर फेसबुकको भित्तामा टोलाउदै थिए । फेरि आमाको पुरानै चलन आफ्नो हात चुमी सुरिलो नाक र लामो कानको लोती भएको नानी सम्म पुर्याउदा माथिल्लो घरे दिदि पनि आमालाई साथ दिदै हुनुहुन्थियो।          


दिदी र आमा सग अब मैले कुनै तर्क गर्नु जरुरी थिएन ।मानौ ! कुनै साना बालबच्चा लाली पप मा झुम्मी रहेको छ । फोटो पिच्छे चुम्ने  अनी चुमाउने स्नेहका बर्षाले असारे झरी मथर भएको आभाश हुन्थियो । कहीले चुम्ने कहीले मुसा हलाउने गर्दै गरेको बेला आमा एक गीत गुनगुनाउदै हुनुहुन्थियो । "बारैमा बस्ने नी पहेली चरी के ल्यायौ खबर"............  शायद त्यो जमानाको रत्यौलीको कुनै एक टुक्रा हुनु पर्छ । अनी फेसबुककी वहाकी नानी पहेली चरी भनु आमा नानीको खबर सोधैछिन ।
म चुपचाप  निहुरिएर बिस्तारै उठे ।


असारको झरी बर्सिन्दै थियो। बर्सादले पहेली पात हान्नु अगाडीका मकैको बोट र पाक्न पाक्न लागेका लिच्छीका हागाहरुलाई नुहाइ दिदा कता कता अनौठो सङ्गीत को भान हुन्थियो ।   खेत बारीमा काम गर्ने मान्छे ,कुटो कोदालोको आवाज सुनिन्दै थियो। मैले उठेर आमा र माथिल्लो घरे दिदिलाई पुलुक्क हेर्दा दुबैमा अशिम खुशी र हासो भरिएको मैले महसुस गरे । माथिल्लो घरे दिदि ले "गोरे भाइ" भन्नु र आमाले "बाबु" भन्नु पूर्व म छाता ओढेर वहाँहरुको नजर टाढा भए।


क्रमस

No comments:

Post a Comment