विश्व घुमी आज फेरि पुग्दैछु म आमा सामु
तल धर्ती माथी आकाश झुक्दैछु म आमा सामु
युद्द जिती खुशी बाड्दै जब पुगे आगनीमा
हेर छाती आदर्शको फुक्दैछु म आमा सामु
घन्टौ घण्टा पाद पाउ छोइ शीर राखे पछि
खुशी ब्यक्त आँशु झारी उठ्दैछु म आमा सामु
डर त्रास छैन केही भिज्यो तर पसिनाले
फुकि दिदा प्यार पवन् सुक्दैछु म आमा सामु
पौरखले किनी ल्याको टाँघी उन्का साडी चोली
रङ्ग मन्च पर्दा तिनै लुक्दैछु म आमा सामु
बुद्धि मोक्तान
२०११/०७/१२
No comments:
Post a Comment