गजल
दैब आज हामी देखि धेरै टाढा हुँदा बाबा!
सुन्ने छैन फेरि उस्ले सामु परि रुदा बाबा!
गरिबीको पिडा छल्न मठ मन्दिर् डुले पनि
पाए यतै भगवान तिम्रा औंला छुदा बाबा !
नङ कठै! हत्केलामा रगत् बगी सयौ चिरा
जान्न फेरि सत्य कर्म साबुनले धुदा बाबा !
मान्छे बन्नु दु:ख भित्र सार यस्तै जिन्दगीको
चोट, पीर, बह, ब्यथा ऐजन् ऐजन् बुँदा बाबा !
सार सिद्ध भयो जन्म पाए कठै !डोरयाउन
मर्नु हुन्न लाख जुनी अजम्बरी ज्यूँदा बाबा !
बुद्धि मोक्तान
No comments:
Post a Comment