चाल्स टावरको परिद्रिश्य
क्षितिजमा मिलेको
तराईको फाँट
परिवर्तित धारले निर्मित
कोसी का सयौ चिरा
कहाली लाग्दो भेलबाढी
भत्किन सुरु कोशी कै पुल
अनी,
सप्तकोसी कै
एक हिस्सा मेरो तमोर!
खै
म कसरी छुट्याउ
तमोरको एक एक छिट्टा
अनी सोधु
"बस्तीका खबर हरु !"
क्षितिजमा मिलेको
तराईको फाँट
परिवर्तित धारले निर्मित
कोसी का सयौ चिरा
कहाली लाग्दो भेलबाढी
भत्किन सुरु कोशी कै पुल
अनी,
सप्तकोसी कै
एक हिस्सा मेरो तमोर!
खै
म कसरी छुट्याउ
तमोरको एक एक छिट्टा
अनी सोधु
"बस्तीका खबर हरु !"
लमतन्न सुतेको फाँट्टै फाँट
प्रचण्ड गर्मी ,
दक्षिणी तातो बाफ,तालो लु
सुर्यले सात खुट्टा
छरेको मध्यान्न
निथ्रुक्क बिजेको
मैलो गाँम्चा,
ए! कोसी पारीका मदेशे दाइ!
कोसी वारिका पहाडे दाइ!
फुर्सद छ ?
बताउन
"बस्तीका खबर हरु"
'फुर्सद छैन हतार छ की
छोरा छैन कतार छ की
बौलाएको हाती र छावा छ की
उर्लीएको रतुवा र मावा छ की
अनी
हो यस्तो यस्तै
हुरी र हावा छ की
यसैमा बाँच्न बिवश
मान्छेको आ -आफ्नै धावा छ की ।'
केही त भनन!
"बस्तीका खवर हरु "
सालिन्दा नारामा बोलिने
कोशीको उठान
चेपिन्दै चेपिन्दै
बस्ती सार्न बाध्य
त्यहि निर्दयी कट्टान,
जलेका सयौ शरणर्थी छाप्रा
किचिक्क मान्छे पार्ने
हातीका खुट्टा
कसैलाई रमिता
कसैलाई फूल बुट्टा
अबो त सुनौलो गोरेटोमा
उन्मुख भयो होला नी?
की अझै चुरुलुम्म छ बस्ती
अनी
त्यसैमा कसैलाई मस्ती
सुनौ न ,भन
'बस्तीका खबर हरु'
चल्स टावर बाट को परिद्रिश्य
मेरो दुरदर्शक
कर्णालीतिर फर्काउदैछु
मेरो सुक्ष्मदर्शक
ओलाङ्चुङ तर्फ मोडेको छु
धर्य गर है
'चाँदनी र दोधारा '
तिमी के म के
हामी उस्तै सर्वहारा
मेरा
'बस्ती का यस्तै यस्तै खबरहरु'
प्रचण्ड गर्मी ,
दक्षिणी तातो बाफ,तालो लु
सुर्यले सात खुट्टा
छरेको मध्यान्न
निथ्रुक्क बिजेको
मैलो गाँम्चा,
ए! कोसी पारीका मदेशे दाइ!
कोसी वारिका पहाडे दाइ!
फुर्सद छ ?
बताउन
"बस्तीका खबर हरु"
'फुर्सद छैन हतार छ की
छोरा छैन कतार छ की
बौलाएको हाती र छावा छ की
उर्लीएको रतुवा र मावा छ की
अनी
हो यस्तो यस्तै
हुरी र हावा छ की
यसैमा बाँच्न बिवश
मान्छेको आ -आफ्नै धावा छ की ।'
केही त भनन!
"बस्तीका खवर हरु "
सालिन्दा नारामा बोलिने
कोशीको उठान
चेपिन्दै चेपिन्दै
बस्ती सार्न बाध्य
त्यहि निर्दयी कट्टान,
जलेका सयौ शरणर्थी छाप्रा
किचिक्क मान्छे पार्ने
हातीका खुट्टा
कसैलाई रमिता
कसैलाई फूल बुट्टा
अबो त सुनौलो गोरेटोमा
उन्मुख भयो होला नी?
की अझै चुरुलुम्म छ बस्ती
अनी
त्यसैमा कसैलाई मस्ती
सुनौ न ,भन
'बस्तीका खबर हरु'
चल्स टावर बाट को परिद्रिश्य
मेरो दुरदर्शक
कर्णालीतिर फर्काउदैछु
मेरो सुक्ष्मदर्शक
ओलाङ्चुङ तर्फ मोडेको छु
धर्य गर है
'चाँदनी र दोधारा '
तिमी के म के
हामी उस्तै सर्वहारा
मेरा
'बस्ती का यस्तै यस्तै खबरहरु'

No comments:
Post a Comment