तिमी संग आज फेरि कस्तो कस्तो बात भयो
मध्यान्नको पल पनि छिन भरमै रात भयो
कस्तो बाचा गर्यौ प्यारी बिंझ माथी बिंझ छरी
बेर्ना सर्दा हाम्रो मायाँ पिरतीको खात भयो
एक्लो थिए अरु सामु आयौ जब मायाँ बोकी
मरुभुमी मन्को बस्ती फूलै फूल आँत भयो
धर्ती आकाश साची राखी ईंश देव भाक्यौ हामी
दीर्घ जिवी जूनी बित्ने हाम्रो एकै साथ भयो
बात सकी रात ढल्यो मुटु छोइ भन्छु हेर
मेरो कसम साथ तिम्रो छाती माथी हात भयो
No comments:
Post a Comment