आज फेरि आकाश गर्ज्यो बन्दुक पड्कीयो की!
कोलाहल छ गाँउ घर शान्ती भड्कीयो की !
कोलाहल छ गाँउ घर शान्ती भड्कीयो की !
चौध गते भित्र हामी शान्ती छर्छौँ भन्थे
छर्न भूली हलो फाली कतै अड्कीयो की !
छर्न भूली हलो फाली कतै अड्कीयो की !
कुरा मिल्न जारी बैठक मनमुटावले भर्दा
मुल बाटो छाडी शान्ती अन्तै फड्कीयो की !
मुल बाटो छाडी शान्ती अन्तै फड्कीयो की !
आलो घाउ पुरिएर रगत सुक्छ भन्दा
जनताको ढाड उल्टै फेरि सड्कीयो कि !
जनताको ढाड उल्टै फेरि सड्कीयो कि !
शीर झुकी ओठ सुक्यो धैर्य गर्दा गर्दै
शान्ती देख्ने हाम्रो इच्छा सबै तड्पीयो कि !
शान्ती देख्ने हाम्रो इच्छा सबै तड्पीयो कि !
No comments:
Post a Comment